images

मंगलवार, बैशाख ११ गते २०८१

नागरिकको मुख थुन्नु भनेको सुर्यलाई हत्केलाले छेके जस्तै : निरञ्जन थापा

नागरिकको मुख थुन्नु भनेको सुर्यलाई हत्केलाले छेके जस्तै : निरञ्जन थापा

images
images
images
शनिवार, चैत्र ११ २०७९
शनिवार, चैत्र ११ २०७९
  • नागरिकको मुख थुन्नु भनेको सुर्यलाई हत्केलाले छेके जस्तै : निरञ्जन थापा

    भैरहवा, ११ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले नागरिकको मुख थुन्नु भनेको सुर्यलाई हत्केलाले छेके जस्तै भएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को विरुद्ध नारा लगाउने नागरिकलाई मुख थुन्न आदेश दिनु गलत भएको बताए ।

    images

    राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै नागरिकको मुख थुन्न सम्भव हुन्छ भन्दै प्रश्न गरे । उनले महिला अधिकारका लागि राप्रपा अघि बढेको बताए । उनले अन्याय अत्याचारविरुद्ध नारी-पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका वरिष्ठ नेता दीपक बोहरालाई प्रतिनिधि सभा सदस्यमा जिताउन महिलाहरुको महत्वपूर्ण योगदान रहेको बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij