शनिवार , चैत्र ११, २०७९
भैरहवा, ११ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले मीना देवी रिमालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै जिल्ला सदस्यहरुमा पुष्पा चौधरी, प्रतिमा शर्मा (काफ्ले), ललिता गुरुङ, भगवती भण्डारी, बिन्दा कुमारी धोबी, अप्सरा शाही, चन्द्र कुमारी खत्री, बबिता बस्याल, लक्ष्मी अधिकारी, निनु गुरुङ, लक्ष्मी मल्ल, पुनम चौधरी, धन कुमारी थारु, स्वस्तिका पौडेल, राम कुमारी गुरुङ, अलिमुन निसा जोलहा र सरिता अर्याल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले बताए ।
अधिवेशनको राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij