images

शनिवार, बैशाख १५ गते २०८१

राजेन्द्र लिङ्देनको प्रश्न : प्रचण्ड नेतृत्वको सरकार माओवादीको मात्रै सरकार हो ?

राजेन्द्र लिङ्देनको प्रश्न : प्रचण्ड नेतृत्वको सरकार माओवादीको मात्रै सरकार हो ?

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • राजेन्द्र लिङ्देनको प्रश्न : प्रचण्ड नेतृत्वको सरकार माओवादीको मात्रै सरकार हो ?

    भैरहवा, १० चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार माओवादी केन्द्रको मात्रै सरकार हो भन्दै प्रश्न गरेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले हतारहतारमा युद्धमा ज्यान गुमाएका व्यक्तिको सूची प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नाम समेत रहेको बताए ।

    images

    शुक्रबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशनलाई भैरहवामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केही समयका लागि सरकारको नेतृत्व गर्ने मौका पाएको माओवादीले हतारहतारमा सूची सार्वजनिक गरेको बताए । उनले द्वन्द्वको बेला भएका जघन्य अपराधका घटनालाई माफी दिन मिल्ने गरी विधेयक ल्याउन खोजिएको बताए । उनले भने, ‘उनीहरुलाई देशको अवस्थाको बारेमा होइन, आफ्नो पार्टीको बारेमा मात्रै चिन्ता छ । ’

    द्वन्द्वको पीडाको कुरा गर्ने हो भने द्वन्द्वको बेला मारमा परेका परिवारका सदस्यहरुको बारेमा कुरा गर्नुपर्ने बताए । उनले द्वन्द्वको मारमा परेका व्यक्तिहरुका पक्षमा राप्रपा उभिने र उनीहरुको मुद्दा उठाएर अन्याय हुन नदिने बताए । अध्यक्ष लिङ्देनले मुुलुकको राजनीति झन बिग्रदै गएको र देशको नेतृत्व गरिरहेको ठूला राजनीतिक दल र नेताहरु सुध्रिने लक्षण देख्न छाडिएको बताए । 

    उनले भने, ‘कुनै पनि बेला नेपाल दुर्घटनातर्फ जान सक्ने प्रवल सम्भावना देखियो । देशलाई दुर्घटनाबाट जोगाउन सबैभन्दा पहिला राजनीतिमा सुधार हुनुपर्छ । राजनीतिमा सुधार गर्न र परिवर्तन ल्याउने देशको जनसंख्याको आधार हिस्सा ओगटेका महिलालाई पाखा लगाएर सुधार हुन सक्दैन । ’ राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्छ भनेर महिला संगठनलाई राप्रपाले प्राथमिकता दिएको उनको भनाइ छ । पछिल्लो समय नेपालका ५० लाख युवाहरु खाडी मुलुकमा रहेको र बिहे गरेको भोलिपल्ट श्रीमती र परिवारलाई छाडेर विदेश जानुपरेको उनले बताए । देशमै रोजगारी सिर्जना गर्न राजनीति अवस्थामा परिवर्तन गर्न जरुरी रहेको अध्यक्ष लिङ्देनले बताए ।

    उनले हिजो बाटो बिराएका राजनीतिक दललाई राष्ट्रियता, सुशासन र विकासको सन्दर्भमा ठीक ठाउँमा ल्याउन सकिन्छ भनेर राप्रपा एक/डेढ महिना सरकारमा गए पनि संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता परिवर्तन हामीले ल्याएका हौं भन्ने राजनीतिक दलबाट केही नहुने देखेपछि सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘इमान्दारिता र नैतिकता भन्ने चीज पनि नेपालको राजनीतिमा जीवित छ भन्ने प्रमाणित गर्न जुन दिन चित्त बुझेन र सुधारको संकेत देखिएन त्यही दिन सरकारबाट बाहिरियौं । ’

    उनले राष्ट्र बैंक र सरकारको उदासिनताका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको बताए । अध्यक्ष लिङ्देनले बैंक ब्याजदर बढ्दा उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको बताए । उनले नेपालमा राजतन्त्रको आवश्यकता भएको जनताले महसुस गरिरहेको दावी गरे ।
    उनले देशले बलियो राजनीतिक शक्ति खोजीरहेको र जनताको चाहनाको पार्टी राप्रपा नै भएको दावी गरे । उनले भने, अब राप्रपा सशक्त ढंगले सदन र सडकमा अघि बढ्छ । उनले राप्रपा रुपन्देहीमा बलियो छ भन्ने कुरा चुनावबाट प्रमाणित भइसकेको र राप्रपा निरन्तर बलियो हुँदै गएको बताए ।

    राप्रपा वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको भनाइलाई उद्वृत गर्दै पार्टीको केन्द्रीय सदस्य स्वाती थापाले नेपालका हरेक आन्दोलन र परिवर्तनमा महिला अग्रमोर्चामा भइ काम गरेको इतिहास भएको बताइन् । उनले महिलाको समान सहभागीता आवश्यक रहेको बताइन् । 

    पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले महिला अधिकारका लागि राप्रपा अघि बढेको बताए । उनले नारी पुरुष अन्याय अत्याचारविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना शाह रावलले राप्रपाले जित्दा र यो पार्टीको एजेण्डा स्थापित हुँदा मात्र मुलुकको विकास हुने दावी गरिन् । उनले राप्रपा अन्य दल भन्दा पृथक रहेको बताइन् । रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी रुपन्देही अध्यक्ष पदमा थापा, चित्ररेखा चौधरी, मन्जु चौधरी, माया रोका मगर, निलु कुमारी चौधरी लगायतले बोल्दै परिवर्तनका लागि महिला अघि बढ्नुपर्ने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।

    Rajendra 2 .jpg

    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशन वैशाखमा

    यसैबीच राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशन २०८० वैशाखमा हुने भएको छ । वैशाख २४ र २५ गते काठमाडौंमा हुने संगठनले जनाएको छ । सोहीअनुसार संगठनको विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij