२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय

बिहिवार , चैत्र ९, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, ९ चैत ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ ।  बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए । 

    यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ ।