२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सरकारमा जाने-नजाने बारेमा निर्णय लिदै लोसपा

बिहिवार , चैत्र ९, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ९ चैत । 
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागीताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक बस्दैछ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा मुख्यतः बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए । 

    लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ ।