
मंगलवार , चैत्र ७, २०७९
काठमाडौं, ७ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन् । गठबन्धन आबद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दावी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए । उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij