२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उपनिर्वाचनका लागि चैत ८ देखि १२ गतेभित्र दल दर्ता गराइसक्नुपर्ने

मंगलवार , चैत्र ७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ७ चैत । 
    निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आव्हान गरेको छ । वैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आव्हान गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा–२ रिक्त हुन पुगेको थियो ।

    तनहुँ–२ वाट  निर्वाचित रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।  आयोगको सोमबारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो ।