२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

स्ववियु निर्वाचन : रुपन्देहीमा छपिया जनता कलेजबाट नेविसंघले खोल्यो खाता

आइतवार , चैत्र ५, २०७९

भैरहवा, ५ चैत । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघले रुपन्देहीमा पहिलो खाता खोलेको हो ।

नेविसंघले रुपन्देहीको छपिया स्थित लिलाधर घिमिरे छपिया जनता कलेजबाट विजयी शुरुवात गरेको नेविसंघ रुपन्देहीका सभापति शम्सेर बिक्रम खड्काले जानकारी दिए । 

पहिलोपटक स्ववियु निर्वाचन भएको उक्त कलेजमा स्ववियुको अध्यक्षमा अभिषेक कुमार यादव, सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्द्र थारु, आशिष जयसवाल र लक्ष्मी वि.क. निर्वाचित भएको निर्वाचन अधिकृत ईन्द्र प्रसाद तिवारीले जानकारी दिए । 

निर्वाचित ८ जनामध्ये विक अनेरास्ववियुकी हुन् । त्यस्तै ७ जना समानुपातिकमध्ये ५ जना नेविसंघका र २ जना अनेरास्ववियुका रहेको निर्वाचन अधिकृत तिवारीले जानकारी दिए । २०२ जना विद्यार्थी रहेको कलेजमा १६४ जनाले मात्रै मतदान गरेका थिए ।