२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

दाङमा नेकपा एसका असन्तुष्टले गरे पार्टी परित्याग

आइतवार , चैत्र ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • दाङ, ५ चैत । 
    नेकपा (एकीकृत समाजवादी) का जिल्ला तहका नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मीना गुरुङसहितले एस परित्याग गरेका हुन । यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् ।

    यसरी पार्टी परित्याग गर्नेहरुमा मीना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।