
आइतवार , चैत्र ५, २०७९
काठमाडौं, ५ चैत ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक बानेश्वरस्थित संसद भवनमा बोलाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो ।
यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रोपटक हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij