२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते हुने

आइतवार , चैत्र ५, २०७९

भैरहवा, ५ चैत । 
रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुको संयुक्त बैठक शनिबार बसेको र सहमतिअनुसार स्ववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।

स्ववियु निर्वाचन चैत ५ गते हुनुपर्नेमा विशेष कारणवश चैत ८ गते सरेको क्याम्पस प्रमुख अनिल कुमार झाले बताए । केही दिनअघि क्याम्पसमा विद्यार्थी संगठनहरुबाट तालाबन्दी गरिएको थियो । यो क्याम्पसमा स्ववियु अध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।