आइतवार, चैत्र १२ गते २०७९

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

images
images

खबर पात्रो

४, चैत्र २०७९
  • 167
    SHARES
  • राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

    काठमाडौं, ४ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो । बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । 

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधानअनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।
     

    images

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १८:४६:०५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend