
शुक्रवार , चैत्र ३, २०७९
भैरहवा, ३ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगर, रुपन्देहीको अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले कविता कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा मिनिता थापा, सचिवमा अर्पणा मल्ल, सह–सचिवमा श्रृजना शेर्पाली र कोषाध्यक्षमा निलम वि.क. रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गंगादेवी विष्ट, सीमा प्रधान, कृष्णा राना, शान्ति हरिजन, विन्दु हरिजन, कंचन थापा, गायतिरा हरिजन, रेविका कार्की, इन्द्रवती धोवी, मन्जु चौधरी, उषा वि.क., ममता मकाजु, तुल्सी सहानी क्षेत्री, लक्ष्मी सहानी, सविता कानु वनिया, उषाकिरण गुरुङ, शान्ति शाह, सन्तोषी ज्ञवाली, विन्दु कुवर, वविता गुरुङ, सन्जु लोनिया, विद्या वनिया, सन्तोषी चमार, सुनिता कोहार, सरिता तिवारी, कालिका राणा र ज्योति श्रीस मगर रहेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सिद्धार्थनगरकी कार्यवाहक अध्यक्ष बबिता बस्यालको अध्यक्षता, राप्रपाका केन्द्रीय सदस्य बसन्त विक्रम शाहीको प्रमुख आतिथ्यता, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको विशिष्ट आतिथ्यता, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, कार्यवाहक सिद्धार्थनगर अध्यक्ष कृष्ण अर्यालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij