२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रासायनिक मलमा सरकारले अनुदान कटौती गरेकोमा राप्रपा निकट युवा संगठनको आपत्ति

मंगलवार , फाल्गुण ३०, २०७९

काठमाडौं, ३० फागुन । 
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले रासायनिक मलमा गरिएको मूल्यवृद्धिको विरोध जनाएको छ । सरकारले रासायनिक मलको अनुदान कटौती गरेर मूल्यवृद्धि गरेको भन्दै संगठनले विरोध जनाएको हो । 

‘सरकारले कृषिमा अहोरात्र योगदान पुर्याउने किसानहरुको ढाड सेकिने गरी रासायनिक मलमा अनुदान कटौती गरी भारी मूल्यवृद्धि गरेको छ ।

कृषकलाई ठूलो आर्थिक भार पार्ने गरी गरिएको मूल्यवृद्धिप्रति हाम्रो राष्ट्रवादी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ संगठनका संयोजक अधिवक्ता सुजित केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।