images

बुधवार, बैशाख १२ गते २०८१

असत्य माथी सत्यको जीत

असत्य माथी सत्यको जीत

images
images
images
सोमवार, फाल्गुण २२ २०७९
सोमवार, फाल्गुण २२ २०७९
  • असत्य माथी सत्यको जीत

    फागु पुर्णिमा, हिन्दु संस्कृति अनुसार ईतिहासको त्रेता युगसँग जोडिएको छ  । प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख पर्ब हो फागु पुर्णिमा । किम्बदन्ती अनुसार, त्रेत्रा युगमा हिरण्यकश्यपू नाम गरेका राक्षेस थिए  । उनि यतिसम्म  क्रुर र नास्तिक थिए कि उनले आफ्नै छोरो प्रलाहदलाई पटक पटक मार्ने प्रयास गरे  । प्रलाहद आस्तिक र भगवान बिष्णुको परम भक्त भएका कारण उनले आफ्नो छोरालाई मार्ने धेरै पटक योजना बनाएका थिए र प्रत्येक पटक असफल भएका थिए  ित्यसकारण पनि यो पर्वलाई प्रलाह्दसंगजोडेर हेर्ने गरिएको छ  ।

    images

    भगवान बिष्णुको परम भक्त प्रलाह्दलाइ मार्ने पटक पटकको अथक प्रयास पश्चात पनि प्रलाह्दलाई मार्न असफल भएपछी हिरण्यकश्यपुले आगोले पनि जलाउन नसक्ने बरदान पाएकी आफ्नी बहिनि होलिकालाई प्रलाह्दलाई मार्न प्रयोग गरेका थिए  । भगवान बिष्णुको परम अनुकम्पाले आफ्नै भदा प्रलाहदलाई काखमा राखेर अग्नी कुण्डमा बसेकी होलिका अग्नी कुण्डमा जलेर खाक भईन तर प्रलाह्दलाई अग्निले भस्म गर्न सकेन  । अग्निमा बस्दा पनि प्रह्लादलेविष्णु भगवानको प्राथना गरेर बसेका कारण अग्निले भष्म गर्न सकेन बरु उल्टै होलीका भने भस्म भइन् । तसर्थ यसैको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले फागु पुर्णिमा अर्थात होलि पर्व मनाउने गरेका हुन् ।

    असत्य माथी सत्यको जीतको रुपमा मनाउने नेपालका धेरै पर्वहरु मध्ये फागु पुर्णिमा अर्थात होली पनि एक हो । फागुन पुर्णिमा भनेर चिनिने यस पर्व फागुन शुक्ल पुर्णिमाको दिनमा मनाउने गरिन्छ । होलिकाको दहन भएकै कारण यस पर्वको नाम होली रहन गएको हो । यो पर्बले बसन्त ऋतुको आगमनको पनि उद्घोष गर्ने भएकोले होली रङ्गहरूको चाड हो । यो दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू छ्यापेर रङ्गिन बनाउँछन् । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

    वृद्धवृद्धादेखि बालबालिकासम्म सबैले मनाउने यो होलिमाबिशेष गरि युवाहरुबाट समय समयमा उच्छृङ्खल तथा अवान्छित तरिकाले मनाउने गर्दा बिभिन्न खलकका दुर्घटना हुने गरेको पाईन्छ । तीव्र गतिमा सवारी साधनको प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, हो हल्ला गर्ने, सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने तथाट्राफिक नियम विपरीत सवारी चलाउने कारण पनि यदाकदा यसको गरिमा घटेको हो कि भन्ने भान हुन्छ  । यसतर्फ सबैले ध्यान दिन आबश्यक छ ।

    परम्परा मनाउनु पर्छ तर परम्पराको नाउमा उच्छृङ्खल गतिबिधि हुन् दिनु हुदैन् । परम्परालाई सभ्य र मर्यादित  बनाउन सबै सचेत हुनुपर्छ  । बर्षको एकपटक खुसियाली र हर्षको रुपमा मनाईने यो पर्वलाईपर्व मनाउने क्रममा ध्यान पुरयाउन सकिएन भने जिन्दगी भरि आपईज र ज्यानै जान सक्छ  । यस तर्फ सबै सचेत हुन् आबश्यक छ  । परम्परालाई पनि जोगाउ खुसियाली पनि मनाऊ भन्ने सोचका साथ् यो बर्षको होलीलाई सभ्य र मर्यादित भएर मनाउ र एक आपसमा खुसियाली बाडौ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij