images

शुक्रवार, चैत्र १६ गते २०८०

रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी

रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी

images
images
images
बिहिवार, फाल्गुण १८ २०७९
बिहिवार, फाल्गुण १८ २०७९
  • रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी

    भैरहवा, १८ फागुन । रुपन्देही जिल्ला अदालतले १४ फागुन २०७९ सम्म ३५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ । फागुन मसान्तसम्म ३ हजार ११६ मुद्दा फर्छ्याेट गर्नुपर्नेमा २ साता बाँकी छँदा २ हजार २१६ मुद्दा फर्छ्याेट भएको हो ।  जिल्ला अदालतलाई जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षमा दर्ता भएको मुद्दामध्ये फागुन मसान्तसम्म ७१ प्रतिशत मुद्दा फर्छ्याेट गर्नुपर्ने लक्ष्य रहेको छ । 

    images
    images
    images

    ६ महिनाअवधि भित्र एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्ने लक्ष्य दिए पनि अदालतले लक्ष्यलाई पार गर्दै एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्न सकेको हो । अघिल्लो अर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ६ सय ४७ थान मुद्दा र यस वर्षको हालसम्म दर्ता भएको २ हजार ६ सय ५० थान मुद्दा गरी कुल ६ हजार २ सय ९७ मुद्दामध्ये विभिन्न ईजलासबाट ९ जना न्यायाधीसले २ हजार २ सय १६ मुद्दा फर्छ्याेट भएको छ । जिल्ला अदालतको ७ हजार ५४४ अनुमानित वर्षिक लगत भएकोमा ५ हजार १ सय ९८ मुद्दा फछर्यौट गर्न सकिने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।

    लगत रहेको बाँकी मुुद्दामध्ये ३ सय २४ वटा मुद्दा २ वर्षभन्दा पुरानो रहेको छ भने जिम्मेवारी सरि आएका १७ सय बढी मुद्दाहरु ६ महिनादेखि २ वर्ष भित्रका रहेका छन् । त्यस्तै यस वर्ष दर्ता भएका १६ सय ९६ मुद्दा विगत ६ महिना देखि फछ्यौट हुन बाँकी छ । 

    कार्यालयका अनुसार विशेष प्रकृतिका निवेदनहरुमध्ये अधिकृत बारेसनामा प्रमाणित, मृत्युको न्यायिक घोषणा, दर्ताद्वारा विवाह, संरक्षक प्रमाणितको मुद्दा अधिकांस फर्छ्याेट भएको छ । यस्तै अदालतले मेलमिलापका लागि पठाएको ४ सय ३७ मुद्दा मध्ये ५३ वटा मुद्दा मात्रै मेलमिलाप भएको छ भने २५८ वटा मेलमिलाप नभई फर्केको छ । अदालतले १९ जना मेलमिलापकर्तालाई स्वीकृत गरेकोमा यस्ता मुद्दा अझै १२६ वटा बाकी रहेको छ । 

    न्याय क्षेत्रको काम गराई पहिलाको तुलनामा धेरै सुधारोन्मुख रहेको छ, प्रविधिको प्रयोगले काममा सहजता भएको छ, धेरै भन्दा धेरै प्रवृधिको प्रयोग अदालतले नै गर्ने गरेको मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए ।

    फर्छ्याेट गरिएको मुद्धाको कार्यान्वयनका लागि समेत थप पहल भइरहेको, अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । मुद्दाको दर बढ्नु भनेकै अदालतमा सर्वसाधरणको पहुँच बढ्दै गएको हो । 

    ४८ करोड बढि जरिवाना असुल गर्न बाँकी

    रुपन्देही जिल्ला अदालत कार्यालयबाट यस आर्थिक बर्षको माघ मसान्तसम्म १ करोड २९ लाख ८० हजार ६ सय ९९ रुपैया जरिवाना फर्छ्याेट भएका छन् । त्यसै गरी कुल लगत जरिवाना ४९ करोड ५५ लाख ३४ हजार ८ सय ९० मध्ये ४८ करोड २५ लाख ५४ हजार १ सय ९१ रुपैया जरिवाना उठ्न बाँकी छ । 

    कैदतर्फ माघ मासन्तसम्म ८ सय ३ वर्ष १० महिना १६ दिन कैद असुल गरिएको छ । कुल कैद लगत ४ हजार १ सय २३ वर्ष २ महिना ८ दिन रहेकोमा ३ हजार ३ सय १९ वर्ष ३ महिना २२ दिन कैद असुल गर्न बाकीँ रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको अनुसार यति रकम जरिवाना र कैद बाँकी हुनुमा धेरै पुराना मुद्दाहरुको लगत कायम हुनु र ठुला जरिवानाको रकम फर्छ्याेट नभएको हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij