२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

यौन शोषणविरुद्ध परामर्श तथा बैठक 

बुधवार , पौष १५, २०७७

  • 6.6K
    Shares
  • 6.6K
    Shares
  • भैरहवा, १५ पुस ।
    बालबालिकाहरुको व्यवसायिक यौन शोषणविरुद्ध सम्बन्धित सरोकारवालाहरुसंग परामर्श  तथा छलफल बैठक भैरहवामा बुधबार सम्पन्न भएको छ । माइती नेपाल भैरहवाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, रुपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेल, जिल्ला न्यायधिवक्ता डम्बर प्रसाद काफ्ले, बाल अधिकार जिल्ला सञ्जालका अध्यक्ष समिता मल्ल, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकार रोमाकान्त पाण्डे, रुपन्देही जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष लोकनाथ पन्थ, गैरसरकारी संस्था महासंघका सुमित्रा शर्मा, सिद्धार्थनगर न्यायिक समितिका भिष्मराज पन्थी, शिक्षा शाखा अधिकृत जानवी पाण्डे लगायतले बोलेका थिए । 

    पछिल्लो समय बालबालिकाहरुमाथि व्यवसायिक यौन शोषणका घटनाहरुमा विभिन्न किसिमका चुनौतीहरु आएकाले सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको सहभागिहरुको भनाइ थियो । माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सनोज चौधरीले गरेका थिए ।