२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सुन्नी मुस्लिम राष्ट्रिय डेबलपमेन्ट नवलपरासीको दोस्रो साधारणसभा सम्पन्न

बुधवार , पौष १५, २०७७

परासी, १५ पुस । 
नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेबलपमेन्ट एण्ड वेलफेयर सोसाईटी जिल्ला कार्यसमिति नवलपरासीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोसाइटीका जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाको अध्यक्षता तथा मौलाना मुफ्ती मोहम्मद रजाको प्रमुख आतिथ्यतामा सो सभा मदरसा जामिया फैजाने अहलेबैत परासीमा सम्पन्न भएको हो । 

सभामा सोसाईटीका अध्यक्ष हुसैन मिँयाले वार्षिक प्रगति प्रतिवेदन र उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले लेखा प्रतिवदेन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजा नेपालको प्रदेश नम्बर २ जनकपुरबासी हुन् ।

साधारणसभामा प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजाले मुस्लिम समुदायको हक–अधिकार सुनिश्चित गराउन अझै मुस्लिम समुदायले संघर्ष गर्नुपर्ने आवश्यक रहेको बताए । उनले मुस्लिम धर्मावलम्बीहरुलाई जनसमुदायमा इस्लामको सन्देश र यसको महत्व तथा उद्देश्य उजागर गर्न आग्रह गरे । मुफ्ती रजाले जिल्लाका मुस्लिम समुदायहरुलाई नेपाल देशको देशभक्ति मुटुमा राखी देशमा अमनचयनका लागि आ–आफनो ठाउँबाट उदारणिय भुमिका खेल्न आग्रह गरे ।

सभामा सम्बोधन गर्दै मुफ्ती रजाले मुस्लिम समुदायहरुलाई पनि देशका असल राजनीतिक दलहरुसंग आवद्ध भएर देशमा शान्ति कायम गराउन र आफनो अधिकार स्थापित गराउन क्रियाशिल भएर लाग्न आग्रह गरे । उनले मुस्लिम समुदायहरु विभिन्न पार्टी तथा समुहको नाममा विभाजन नभइ बरु राष्ट्रियताको सवालमा र सामुदायिक अधिकार स्थापितको सवालमा एकजुट भएर प्रस्तुत हुन सुझाव दिए ।

इस्लाम धर्मको धार्मिक तथा सामाजिक सन्देशलाई समुदायमा फैलाउँदै समुदायमा देखिएका विभिन्न विकृतिलाई जडैबाट उखालेर फाल्ने र एक आपसमा सामाजिक सदभाव कायम गरी अगाडी बढन मुफ्ती रजाले सबैमा आग्रह गरे ।

यस सोसाइटीले मुस्लिम समुदायको हक–अधिकार स्थापित गराउन, समुदायमा जनचेतना जगाउन, सामाजिक सदभाव कायम गराउन, सामाजिक तथा सामुदायिक विकृति हटाइ भाइचारा कायम गराउन र देशमा अमनचयन कायमका लागि क्रियाशिल भुमिका निर्वाह गर्ने उद्देश्यले गठन भएको सोसाइटीका जिल्ला अध्यक्ष सैयद गुलाम हुसैन मियाले जानकारी दिए । यो सोसाइटी विस्तारै सबै जिल्लाहरुमा विस्तार हुँदै जानेछ । यस सोसाइटीले छिटै प्रदेश लेबलमा पनि बैठक र तालिम एवं वर्कशपको आयोजना गर्ने जनाएको छ । यता जिल्ला समिति पनि केही दिनभित्रै विस्तार हुने बताइएको छ ।

त्यसैबीच भेलामा सामुदायिक स्तरमा काम गर्न सोसाइटीलाई तहगत विस्तार पनि गर्दै जिल्लाका ७ वटै पालिकामा सोसाइटीका संयोजक र उप–संयोजक चयन गरिएको छ । भेलामा रामग्राम नगरपालिकामा सोसाइटीका संयोजकमा मौलाना मोहरम अलि निजामी र उप–संयोजकमा मौलाना अलाउद्दिन अंसारीलाइ सर्वसम्मत रुपले चयन गरिएको छ भने सुनवल नगरपालिकाका लागि मौलाना सफिउल्लाह अन्सारी र उप संयोजकमा मौलाना सम्साद नुरीलाई चयन गरिएको छ ।

त्यस्तै बर्दघाट नगरपालिकाका लागि संयोजकमा मौलाना रहिमुद्धिन अन्सारी र उप–संयोजकका लागि मौलाना अख्तर अली कादरीलाई चयन गरिएको छ भने पाल्हीनन्दन गाउँपालिकाका लागि संयोजकमा मौलाना ताजुद्दिन अन्सारी र उप–संयोजकमा मौलाना हसन अलिमीलाई चयन गरिएको छ ।

त्यस्तै सरावल गाउँपालिकामा सोसाइटीका संयोजकका लागि मौलाना अमानुल्लाह अन्सारी र उप–संयोजकमा मौलाना सेराज अन्सारीलाई राखिएको छ । यता प्रतापपुर गाउँपालिकाका लागि संयोजक पदमा हाफिज अलिहुसैन अन्सारी र उप–संयोजकका लागि हाफिज मोहम्मद याकुब अन्सारीलाई चयन गरिएको छ भने सुस्ता गाउँपालिकामा संयोजकका लागि मौलाना जहिरुद्धिन कादरी र उप–संयोजकका लागि हाफिज तसौउर कादरीलाई चयन गरिएको जिल्ला अध्यक्ष हुसैन मियाले जानकारी दिए ।
जिल्लाको ७ वटै पालिकामा सोसाइटीका संयोजक तथा उप–संयोजकमा चयन भएका संयोजक तथा उप–संयोजकहरुलाई यस सासाइटीको कामकर्तव्य र उद्देश्यबारे आवश्यक तालिम गोष्ठीहरुको आयोजना गरिने सोसाइटीका उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिए ।

सभाका अध्यक्ष मौलाना हाजी सैयद गुलाम हुसैन मिया, सभाका प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजा मिस्बाही, विशिष्ट अतिथि मौलाना ग्यासुद्धिन खान कादरी, अतिथि मौलाना ईल्यास खान कादरी र सोसाईटीका जिल्ला उससभापति मौलाना सिद्दिक अलि मिस्बाहीले चयन भएका संयोजक तथा उप संयोजकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।