images

बिहिवार, बैशाख १३ गते २०८१

ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?

ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?

images
images
images
शुक्रवार, फाल्गुण ५ २०७९
शुक्रवार, फाल्गुण ५ २०७९
  • ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?

    नेपालमा ग्याँस लिक भइ भएका घटना नयाँहोइन। यो भन्दा अगाडि यो भन्दा ठूला र भयानक दुर्घटनाहरु थुप्रै भएका छन । थुप्रै सर्वसाधारण नागरिकको ज्यान गइसकेको छ ।

    images

    खाना पकाउने ग्याँस लिक्वीड पेट्रोलियम ग्यास (एलपीजी) हो । ग्याँस गह्रुंगो हुने भएकाले जहाँ सिलिण्डर राखिएको हुन्छ ग्याँसको मात्रा भुँइतिर हुन्छ । अक्सिजन (हावा) र ग्याँस मिल्यो भने आगलागी हुन्छ । अझ सिलिण्डर पड्कियो भने त त्यो बम भन्दापनि खतरानाक हुन्छ, भुईतलामा सिलिण्डर पड्कियो भने चारतले घरको चौथो तल्ला पनि ध्वस्त पार्छ ।

    ग्याँस सिलिण्डरबाट आगलागी हुने मुख्य ३ कारण छन् । पहिलो सिलिण्डर, दोस्रो रेगुलेटर र तेस्रो ग्याँस पाइप । तर सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्याँस लिक प्रमूख कारण हो । आगलागी हुनुमा उपभोक्ताको असावधानी पनि हुन सक्छ , उत्पादकतथा विक्रेताको लापरवाही, सरकारको प्रभावकारी अनुगमन र जनचेतनाको कमी पनि एक हुन  ।

    ग्यास उद्योगहरुमा उत्पादनकै समयमा ग्यासलाई सुरक्षित बनाउन भएका प्रयासमा केही कमजोरी हुन सक्छ । जस्तो कि सिलिण्डर तयार भएपछि सबै सिलिण्डर पानीमा डुबाएर परीक्षण गरिएको      हुनुपर्छ । त्यो नहुँदा सिलिण्डर लिकभए–नभएको थाहा हुँदैन । यदि लिक भएको सिलिण्डर उपभोक्ताको घरमा पुग्यो भने दुर्घटना हुनसक्छ । सिलिण्डर लिक छ छैन थाहा पाउन सिलिण्डरको          ज्योइन्ट (जोडिएको ठाउँ) मा पानी राखेर थाहा पाउन सकिन्छ । लिक छ भने बुलबुल फोका उठ्छ ।

    रेगुलेटरबाट ग्यास लिक भएनभएको थाहा पाउन एक मुठी पानी रेगुलेटरको वरिपरि खन्यायो भने पत्ता लाग्छ । लिक छ भने बुलबुलफोका उठ्छ । यदि हामीले सेन्सरवाला रेगुलेटर प्रयोग गरेको        खण्डमा रेगुलेटरका कारण हुने दुर्घटना पूर्णत रोकिन्छ । गुणस्तरीय रेगुलेटर ४ सय देखि ५ सय सम्ममा पाउन सकिन्छ भने सेन्सरवाला १४ सय सम्म पर्छ ।

    ग्याँस पाइपको कुरा गर्नुपर्दा तीन लेयरको पाइप प्रयोग गर्दा सुरक्षित हुन्छ । पीभीसी पाइप प्रयोग गर्न हुंदैन । यो मुसाले काट्नसक्ने, तातोका कारण जल्न र पग्लिन सक्ने हुन्छ । अहिले बजारमा ९०      प्रतिशत पीभीसी पाइप छ ।

    तीन लेयरको पाइप एक मिटरको २०० देखि ५०० रुपैयाँ मुल्यको हुन्छ । ग्याँससँग सम्बन्धित वस्तु किन्दा हामीले सधै गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्छ । सस्तोको लोभमा गुणस्तरहीन सामान प्रयोग          गर्दा हामी र हाम्रो परिवारको ज्यान जोखिममा हुन्छ ।

    सिलिण्डर डिलरबाट ल्याउँदा वा लैजाँदा कुनै पनि अवस्थामा गुडाउन हुँदैन । डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावट युक्त छ कि छैन, परीक्षण गर्नुपर्छ ।  भान्सामा सिलिण्डर सधैँ ठाडो            बनाएर राख्नुपर्छ ।

    कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग गर्नहुँदैन ।

    सिलिण्डर भन्दा कम्तीमा ६ इञ्च माथि ग्यास चुलो राख्नुपर्छ । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। त्यस्तै ग्याँसको रबर पाइप १।५ देखि २ मिटरभन्दा लामो हुनुपर्दछ । रेगुलेटर              नमिलेर वा बिग्रेर पनि ग्याँस लिक हुनसक्छ । सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी ख्याल गर्नुपर्छ ।

    सिलिण्डरमा ग्याँस सकिनासाथ भान्सा भन्दा बाहिर राख्नुपर्छ । पुराना सिलिण्डर प्रयोग गर्नुहुंदैन ।

    ग्याँस चुल्होकालागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाणपत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ ।

    ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुईदेखि पाँच वर्षमा फेर्नुपर्छ ।

    खानापकाइसके पछि रेगुलेटर अनिवार्य रुपमा बन्द गर्नुपर्छ । खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्छ ।

    खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्याँसको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्याँस लिक भएको बुझ्नुपर्छ ।

    ग्याँसको तिखो गन्ध थाहा पाउने बित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।

    ग्याँस लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको नभ बन्द गर्नुपर्छ । ग्याँस लिकभएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा              बाहिर  राख्ने । ग्याँसको अनावश्यक भण्डारण नगर्ने ।

    आगो लाग्ने बितिक्कै ग्यास पड्किंदैन । तर हामी पड्किन्छ भनेर भाग्छौँ । आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन, बरु सिलबन्द कुनै सिलिण्डर छेउमा छ भने त्यो चै पड्किन्छ, त्यसलाई        तुरुन्तै बाहिर निकाल्नु पर्छ ।

    आगो लाग्ने बितिक्कै लिक भएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वा क्यापले ग्याँसको चुहावट रोक्न सकिन्छ । ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने        बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दापनि आगलागी नियन्त्रण गर्न सकिन्छ ।

    सिलिण्डरको म्याद पनि उपभोक्ताले जान्नै पर्ने कुरा हो ।

    जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन । सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डी मध्ये एउटामा भित्र पट्टी सिलिण्डरको म्यादलाई जनाउने गरी कोड राखिएको          हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन ।

    यस्ता ग्याँसको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा      पाउन सक्छन ।

    ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ । एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले    अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।

    त्यस्तै अंग्रेजी अक्षर पछि लेखिएको अंकले मिति जनाउँछ । जस्तै २३  अंंक लेखिएको भएमा त्यसको म्याद २०२३  सम्म हो भन्ने बुझ्नु पर्दछ । ‘बी २३’ लेखिएको सिलिण्डरको म्याद सन २०२३ को        जुन  महिनासम्म हो भन्ने बुझ्नुपर्दछ । यस हिसावले मूल्यांकनगर्दा अहिले प्रयोगमाआएकासिलिण्डर २३ अंक भन्दा मुनिको हुनुहुँदैन । अहिलेको मितिलाई ए २३ ले जनाउँदछ । तर यो मिति अन्तिम    मिति हुने भएकाले बजारमा ३३ अंकसम्मका सिलिण्डर पाइन्छ ।

    एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्यादथप्न सकिन्छ । तर ग्याँस उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत            पाइने  गरेको छ ।

    हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ । सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा      त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन । हाइड्रोलिक टेस्ट गर्दा ग्याँस विक्रेता संघ,उपभोक्ताहित संरक्षण मञ्च, वाणिज्य कार्यालय लगाएका संस्थाको रोहवरमा हुनु पर्दछ ।

    सिलिण्डरको म्याद मात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ । विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ । फलामको तौल फरक फरक भएपनि त्यसले    कुनै प्रभाव भने पार्दैन । केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजी भन्दा बढी तौल हुने गरेको छ ।

    यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ । सिलिण्डरको घाँटीमा रहेका तीन डण्डी मध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्याँसको तौल १४ दशमलव २ केजी        लेखिएको हुन्छ ।

    सिलिण्डरको फलामको तौल जति भएपनि ग्याँसको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ । लेखिएको फलामको सिलिण्डरको तौल र ग्याँसको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको    वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन् ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मातौल जोड्दा आउने योगफल मिल्नु पर्दछ। अन्यथा ग्यासको            तौलमा घटीबढी भएको बुझ्न सकिन्छ ।

    यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ ।

    त्यस्तै सिलिण्डरमा फलामको तौल र ग्याँसको तौल जोड्दा आउने कुल योगफल पनि सबैले चेक जाँच गर्नु जरुरी छ । यसबाट ग्याँसको तौलमा कमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ    नै सम्वन्धित पक्षलाई पनि सही तौल कायम राख्न दवाव पुग्दछ ।

    देशभर अहिले २८ लाख बढी सिलिण्डरहरु उपभोक्ताका घरमा छन । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरक मार्फत              उपभोक्ताको घरमा पुग्ने तथ्यांक छ । यसका अतिरिक्त देशभरका झण्डै ६० वटा ग्याँस उद्योगको आफ्नै स्टोरेजमा पनि ग्यास मौज्दात हुन्छ ।

    अन्त्यमा ग्याँस बिक्रेता संघ रुपन्देहीको बार्षिक नितितथा कार्यक्रम अन्र्तगत जनचेतनामुलक पत्रकार सम्मलेन गरिरहेको सन्र्दभमा यो संघ नितान्त सेवामुखी संस्था रहेको विदितै छ । यस्ता संस्थामा सामान्यन्युनतमप्रवेश शुल्कलिई सदस्यताप्रदानगरिरहेको छ । उक्त रकमबाट संस्थाको सामान्यखर्च मात्र पुरा हुने अवस्थामा संस्थाबाट जनचेतनामुलककार्यहरु गर्न असर्मथ रहैदै आएतापनी केहीकार्यक्रमहरु गरिरहेको छ । ग्याँस बिक्रेता संघ रुपन्देहीको बार्षिक नितितथाकार्यक्रममापनी यस्ता खाले कार्यक्रमहरु स्थानीयतहको समन्वयनमा सञ्चालगरिने भनी राखीएको छ । यस्ता दुर्घटना लाई न्युनीकरण गर्नको लागी सरकारले गर्न सम्पुर्ण कार्यक्रममा सहभागी र साथदिने प्रतिबद्धता जाहेर गर्न चाहान्छौं ।

    (ग्यास विक्रेता संघ रुपन्देहीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमावितरित विज्ञप्ति) 

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij