images

शुक्रवार, चैत्र १६ गते २०८०

प्रचण्ड अस्थिर बन्नु हुनेछैन भन्ने विश्वास छ

प्रचण्ड अस्थिर बन्नु हुनेछैन भन्ने विश्वास छ

images
images
images
मंगलवार, माघ २४ २०७९
मंगलवार, माघ २४ २०७९
  • प्रचण्ड अस्थिर बन्नु हुनेछैन भन्ने विश्वास छ

    हिजो केपी ओली अलोकतान्त्रिक भए रे । संसद् विघटन गरे रे, त्यो मानियो । पुष्पकमल दाहाल (प्रचण्ड) त लोकतान्त्रिक होलान् नी ? कि राष्ट्रपतिले सिधै गर्ने हुन संसद विघटन ? नेपालको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी होईन र ? डा. रामवरण यादव राष्ट्रपति हुँदा प्रचण्ड नेतृत्वको सरकारको निर्णय नमानेर सेनापति प्रकरणमा सडकमा पुर्याएको होइन र ? सायद पूर्वसहमति अनुसार गिरिजा प्रसाद कोइराललाई राष्ट्रपति मानेको भए प्रचण्ड नेतृत्वको सरकार सडकमा पुग्थेन कि ? अहिले हिजो नेपाली कांग्रेसले पूर्व सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री नदिएपछि केपी ओली तथा नेकपा एमालेको पहलमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको होइन र ? अनि कांग्रेस इमान्दार भएको भए प्रचण्डलाई प्रधानमन्त्री दिन्थ्यो होला नी ? कि कसो हो ? अहिले फेरि के खेल हुँदैछ ? राष्ट्रिय सहमतिको सरकारको कुरा हो भने कांग्रेसले सरकार बन्न बेला नै हुनुपर्ने हो । कि के हो ? बामपन्थीहरु नजिक हुन नसकुन् फेरि पश्चिमा अनुकुल गठबन्धन होस् भन्ने खेलमा नेकपा (माओवादी केन्द्र) नपरोस् मेरो कामना छ । मुलतः प्रचण्ड र माओवादीलाई अस्थिर भनेर बुझने÷बुझाइने गरेको छ । यो कुरा माओवादी केन्द्र भन्दा पनि प्रचण्डको व्यवहारले पनि पुष्टि गरेको छ ।

    images
    images
    images

    माओवादी एउटा निष्ठासहितको योजनामा लागेको मानेर पहिलो संविधानसभाको चुनावमा पहिलो दल बन्यो । जब प्रचण्ड भन्ने र सहमति गर्ने यउटा गर्ने अर्काे गर्न थाल्नुभयो तब माओवादी कमजोर हुँदै गयो र अहिलेको अवस्थामा पुग्यो । अब पनि माओवादी अर्थात प्रचण्ड अस्थिर बन्ने हो भने आगामी दुईवटा निर्वाचनपछि संसदीय राजनीतिमा माओवादीको उपस्थिति सकिन्छ । सि.पी. मैनालीको माले र माओवादीको अवस्था एउटै हुन्छ । होइन प्रचण्ड निष्ठामा फर्केर सहमति समझदारीअनुसार चल्न सके पिपलपाते नबने बामपन्थी सहकार्य र एकतामा जोड गरे अझै माओवादीको सम्भावना रहन सक्छ । बामपन्थी एकताको नाममा जनमत बेगरका नेता बटुलेर बलियो ठुलो पार्टी  भएको आत्मरति लिएमा अब आउने निर्वाचनमा प्रचण्ड भएको पार्टी पाँचौ हुन्छ । जनयुद्धमा भनेको मान्ने कार्यकर्ता हुँदा पुग्थ्यो । संसदीय राजनीतिमा भोट दिने जनता चाहिन्छ कि कमरेड ! मैले त यस्तै बुझे र भनेको कोही नरिसाउनुहोला । पुनः माओवादीहरु एकठाउँ भन्ने चर्चा पनि छ । म त माओवादी केही देख्दिन नामले हो कि माओवादी हुने कि नागरिकताको नाम जस्तो हो र ? राखे हुने कर्म र नाम मिल्न नपर्ने नबुझेको कुरा के । हिजो माओवादी एउटा आशा निष्ठा भरोसा जस्तो बन्न खोजेको थियो । कमजोरी त त्यति बेला पनि थिए तर पनि जनताले माओवादीबाट राम्रै आशा विश्वास गरेर पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनाएका थिय । तर निष्ठा प्रतिबद्धता पोलेर खाएपछि निरन्तर ओरालो सुरु भएर यस्तो अवस्था आयो अझै अस्थिरतामा रमाउने हो भने रामराम बाहेक के भन्नू । प्रचण्डले अहिले आफूलाई कांग्रेसको ललिपपबाट टाढै राख्नुहुनेछ । कतिपय स्वभाव शैली नमिल्लान् तर हिजो बामपन्थी मिल्दा जनताले जति मत दिए कांग्रेससँग मिल्दा आएन यो त बुझ्नुहोला नि ?

    यो व्यवस्था जति जे भने पनि सार त संसदीय व्यवस्था हो । यो प्रधानमन्त्री मुख्य हुने व्यवस्था हो । एमाले आफ्नो मुख्य प्रतिष्र्धी कांग्रेसलाई फाइदा हुने काम गर्दैन । तसर्थ प्रचण्डले र माओवादीले अहिलेको सरकार बन्दाको सहमति अनुसार लैजानु बुद्धिमानी ठहरिनेछ । यता उता गरे घाटा माओवादीलाई हो । जनमत घट्ने माओवादीको हो । यो कुरा बुझ्न जरुरी छ । माओवादीप्रति जनतामा एउटा बुझाई छ, सोहीअनुसार जनमत घटिरहेको छ । माधव नेपाल, झलनाथ खनाल वा अरु टाउका जोडेर जनमत बढ्ने देखिदैन, झन झगडा थपिने हो । जनमत बढ्न निष्ठा प्रतिबद्धता जरुरी छ । अस्थिरताले सिध्याउँछ सिध्याइरहेको छ ।

    एमाले–माओवादीको एकता पश्चात् एमालेले अली हेप्यो भन्ने होला स्वभाविक हो नी हेप्नु । एउटै पार्टीमा बहुमत या बलियो लाइनले कमजोरलाई हेप्छन ।  म पनि त्यही माओवादीमा थिए । बाबुराम भट्टराई कम हेपिएका थियौ, हामीले त्यति बेलाका प्रचण्ड लाइनले । पछि पहिलो संविधानसभाको निर्वाचनमा लगत्तै तत्कालिन नेकपा एकता केन्द्रसँग माओवादीले एकता गरेपछि ती साथीहरुलाई माओवादीले त्यतिबेलाका हामीले कमता हेपेको हो ? त्यति मात्र होइन पछि वैद्य नेतृत्वको माओवादी हुँदै प्रचण्ड माओवादीमा मिसिएका माओवादीलाई कम हेपेका थियौ र ? यो  स्वभाविक रहेछ अली बलियाले कमजोरलाई हेप्ने कि त पुरै कम्युनिस्ट हुनपर्याे पुरै कम्युनिष्ट हुन त साम्यवाद आउनपर्छ नत्र अलिअलि हेप्ने हुन्छ । पानी र चिनी हो र पुरै घुलिन यो त लामो सहकार्यसँगै हल हुने नयाँनयाँ संघर्ष हुने कुरा हो रहेछ । केपी ओली हठि भए रे । प्रचण्ड माधब नेपालको भाउतोमा नलागेर केही समय धैर्य गरेर ओलीसँगै सहकार्य गरेर अधिवेशनपछि पार्टी अध्यक्ष भएको भए । हुन्थ्यो नी तातैखाउ जल्दै मरौ गरेको त बड्डा ?

    माओवादी–एमालेसहितको गठबन्धन जोगिनेछ । प्रचण्ड अस्थिर बन्ने हुनेछैन । बामपन्थी सहकार्य र एकतामा जोड गर्नुहुनेछ । यही आशा र विश्वास छ । सडकका हल्ला हल्ला सावित हुनेछन । प्रचण्ड अस्थिरताको पर्याय बन्नुहुनेछैन । सरकार बनाउदाको सहमति लागुहुनेछ । स्थायीत्वसहितको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गरौ ।  आगे चेतेचेते नै पिछे चेतेहोते नै जस्तो नहोस नत्र रामराम ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij