images

शनिवार, बैशाख १५ गते २०८१

लुम्बिनीमा हुने रामकथा प्रवचन सफल पार्न सबैले सहयोग गरौं

लुम्बिनीमा हुने रामकथा प्रवचन सफल पार्न सबैले सहयोग गरौं

images
images
images
सोमवार, माघ २३ २०७९
सोमवार, माघ २३ २०७९
  • लुम्बिनीमा हुने रामकथा प्रवचन सफल पार्न सबैले सहयोग गरौं

    अहिले लुम्बिनीमा एउटा चर्चाको विषय बनेको छ, मोरारी बापुको रामकथा प्रवचन । जुन लुम्बिनीको लागि गर्वको विषय हो । तर यो विषयलाई केही समूहले गलत ढंगले व्याख्या गरिरहेका छन् । यो कार्यक्रम कुनै धर्म वा समुदायविरुद्ध छैन जस्तो लाग्छ । हामी पर्यटन विकासको कुरा गर्छौ, धार्मिक पर्यटनको कुरा गर्छौ । यो कार्यक्रम हुन नदिन खोज्ने वा रोक्ने प्रयास गर्नु हुँदैन । यो कार्यक्रम कुनै बिहारमा हुन लागेको छैन । यो एउटा सभाहलमा हुन लागेको हो । आज आएर द्वन्द्व सिर्जना गर्न खोज्नु दुर्भाग्य हो जस्तो लाग्छ ।

    images

    लुम्बिनीका सम्पूर्ण जनता चाहे हिन्दू हुन् वा मुस्लिम हुन यो कार्यक्रमको विरोध गरेको जस्तो लाग्दैन । बरु यो कार्यक्रमले लुम्बिनीको पर्यटन विकास धार्मिक पर्यटनको विकासमा मद्दत गर्छ ।

    त्यसैले जति सकिन्छ यो कार्यक्रम सफल गराउन सहयोग गरौ  । धार्मिक द्वन्द्व गराउन खोज्ने समूह र व्यक्तिलाई निस्तेज पारौं । सबै जातजाति तथा धर्मको सम्मान गरौ । मोरारी बापूजीको कार्यक्रम यहाँ हुनु भनेको हामी सबैको लागि गर्वको कुरा हो । यो कार्यक्रमलाई सफल बनाउन हामी सबैको कर्तव्य र जिम्मेवारी हो । यो समग्र लुम्बिनीको हितमा छ । त्यसैले यसमा अनावश्यक बखेडा नझिकौ । तसर्थ, सम्पूर्ण आम जनसमुदायलाई आफ्नो धार्मिक मुल्यमान्यता अनुसार सहभागी भइ यो कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गर्दछु ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij