images

सोमवार, बैशाख १७ गते २०८१

रोग लागेर केराको बोट सुक्न थालेपछि किसान चिन्तित्

रोग लागेर केराको बोट सुक्न थालेपछि किसान चिन्तित्

images
images
images
बिहिवार, माघ १९ २०७९
बिहिवार, माघ १९ २०७९
  • रोग लागेर केराको बोट सुक्न थालेपछि किसान चिन्तित्

    बारा, १९ माघ । केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित् बनेका छन । केराको पात पहेंलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढ्न थालेको हो । 

    images

    रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरुले बताएका छन । यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रुपमा देखा परेको किसानहरुले बताएका छन । 

    रोग लागेर केरामा क्षति भए पनि लगानीसमेत नउठ्ने देखेर किसानहरु चिन्तित् बनेका छन् । परमपरागत खेती गर्दै आएका सिंगौलका अधिकांस किसानहरु केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए । 

    सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन । केही किसानहरुले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन् । उनीहरुले प्रतिकठ्ठा ५ देखि ७ हजारसम्म बार्षिक रकम तिरेर खेती गर्दैआएको स्थानीय रामबाबु बुढाथोकीले बताए । 

    केरा बिक्रीबाट सिंगौलमा मात्रै बार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईंले बताए । उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ । 

    कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भएपनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरुले गुनासो गर्दै आएका छन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij