२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

जेष्ठ नागरिकलाई कम्बल वितरण 

शनिवार , पौष ११, २०७७

भैरहवा, ११ पुस ।
जेष्ठ नागरिक कल्याण समाज भैरहवाको आयोजनामा शनिबार जेष्ठ नागरिकलाई कम्बल, स्यानिटाइजर तथा मास्क वितरण गरिएको छ । समाजका अध्यक्ष हुतानन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा ३५ जनालाई सो सामाग्री वितरण गरिएको हो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप यादव, कार्यक्रम संयोजक दिलिप भट्टराई लगायतले बोलेका थिए ।

समाजका उपाध्यक्ष नारायण प्रसाद अग्रवालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव वनमाली निराकारले गरेका थिए । कार्यक्रममा समाजका संरक्षक डा.गोविन्द बल्लभ भट्ट, दीर्घराज काफ्ले, डिआर शर्मा लगायतको उपस्थिति रहेको थियो । 
सिद्धार्थनगर वडा नम्बर ११ ग्रामीण वस्तीमा रहेका विपन्न जेष्ठ नागरिकलाई जाडो मौसमलाई मध्यनजर गर्दै समाजले कम्बल वितरण गरेको समाजका सचिव निराकारले बताए ।