images

शनिवार, बैशाख १५ गते २०८१

शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान लुम्बिनीद्वारा स्मारिका प्रकाशन

शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान लुम्बिनीद्वारा स्मारिका प्रकाशन

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  • शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान लुम्बिनीद्वारा स्मारिका प्रकाशन

    भैरहवा, १६ माघ ।
    शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान, लुम्बिनीले शहीद दिवसको अवसर पारेर स्मारिका प्रकाशित गरेको छ । शहीद, शिक्षा र स्वास्थलाई आधार मानेर प्रकाशित स्मारिकाको उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहबीच काठमाडौमा बिमोचन गरेका छन् ।

    images

    सो अवसरमा बोल्दै उपराष्ट्रपति पुनले प्रतिष्ठानले आफ्नो गतिविधि र उद्देश्यलाई समेटेर प्रकाशन गरेको स्मारिकाले समाजमा परिवर्तनमा सकारात्मक भूमिका खेल्ने विश्वास गरे । उनले प्रतिष्ठान शहीदको सम्मान गर्दै सामाजिक क्षेत्रमा क्रियाशील रहेको भन्दै यस्ता कामले शहीदप्रति सच्चा सम्मान हुने र समाजलाई सकारात्मक दिसामा जान सहयोग पुग्ने बताए ।

    प्रतिष्ठानले शहीद परिवार, विपन्न तथा असहायहरुलाई आफ्नो वार्षिकी कार्यक्रममा राखेर निरन्तर सहयोग गर्दै आएको छ । यो संस्थाले कोभिडको समयमा शव व्यवस्थापन, दीर्घ रोगीलाई सहयोग, रक्तदान, स्वास्थ्य शिविर जस्ता मानवीय सेवाका कार्य गरेको भन्दै उपराष्ट्रपतिले प्रशंसा समेत गरे ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तीरबहादुर रोका मगर (डार्बिन), उपाध्यक्ष नारायण बहादुर हमाल, सचिव मनिष कुमार जोशी, कोषाध्यक्ष डम्मर बहादुर खत्री, सदस्य सुनिल कानु बनिया, तुलसी डाँगी लगायतको उपस्तिथि रहेको थियो । विमोचन कार्यक्रम अध्यक्ष तीरबहादुर रोका मगरको अध्यक्षता, उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यता तथा सचिव मनिष कुमार जोशीको संचालनमा भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij