images

सोमवार, बैशाख ३१ गते २०८१

मध्य अफ्रिकामा विद्रोहीको आक्रमण विफल पार्न नेपाली शान्ति सैनिक सफल 

मध्य अफ्रिकामा विद्रोहीको आक्रमण विफल पार्न नेपाली शान्ति सैनिक सफल 

images
images
images
शुक्रवार, पौष १० २०७७
शुक्रवार, पौष १० २०७७
  • मध्य अफ्रिकामा विद्रोहीको आक्रमण विफल पार्न नेपाली शान्ति सैनिक सफल 

    काठमाडौं, १० पुुस ।
    मध्य अफ्रिकाको प्रमुख शहर बोमवारीमा त्यहाँको विद्रोही समुहले आक्रमण गरी कब्जा जमाउन गरेको प्रयास नेपाली शान्ति सैनिकले बिफल पारेको छ । विद्रोहीले हमला गरि नियन्त्रणमा लिएको सो शहरलाई उनीहरुको कब्जाबाट मुक्त गर्न प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म परिचालन गरिएको थियो ।

    images
    images
    images

    नेपाली शान्ति सेना परिचालन भएपछि विद्रोहीपछि हट्न बाध्य भएको र सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको काठमाडौंस्थित सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली शान्ति सैनिकको मद्दतमा त्यहाँको सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । 

    शान्ति सेनामा तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा रहेको गुल्मले त्यहाँको सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको बताइएको छ । उक्त घटना पश्चात विद्रोही समूहबाट ठूलो संख्यामा हातहतियार र विष्फोटक पदार्थ बरामद गरिएको छ । 

    आगामी आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि मध्य अफ्रिकामा द्वन्द्व शुरु भएको हो । पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन अनिश्चित बन्दै गएको छ । त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजतीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij