२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

घाँसमा आधारित बाख्रापालन

सोमवार , पौष ६, २०७७

भैरहवा, ६ पुस ।
खसीबाख्रा पाल्ने किसानको संख्या बजार क्षेत्रमा बढ्दै गएको छ । प्रयाप्त जमिन नहुँदा बाख्रालाई चाहिने घाँसको समस्या छ । त्यसको विकल्पमा किसानले अन्न खुवाउँछन् । अन्न खुवाउँदा लागत बढी पर्छ । समस्या समाधानका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका बाख्रापालक किसानहरुलाई तालिम दिइरहेको छ ।

नेपालमा प्राय : खसी बाख्रालाई वन, जंगलमा चराउने वा डाले घाँस र स्याउला खुवाएर पालिन्छ । रैथाने घाँसपात खुवाएर पालिएका खसीबाख्रा ख्याउटे हुने, ढिलो हुर्कने, कम उत्पादन दिने खालका हुन्छन् । पोषणतत्व पु¥याउन किसानले अन्न खुवाउँछन् । नेपियर, जइ, बरसिम, भेच लगायतका अकोसे र कोसे घाँसमा अन्नमा भन्दा बढी प्रोटिन पाइन्छ । वर्षे, हिउँदे, बहुवर्षे र डालेघाँसको खेती गरी घाँसमा आधारित बाख्रापालनबाट आम्दानी पनि राम्रो लिन सकिने बारे तालिममा सिकाइएको सि.न.पा.–९ का किसान देवसिंह गुरुङले बताए ।

बाख्रा उग्य्राउने जनावर भएकाले घाँस खुवाएरै पाल्नु राम्रो मानिन्छ । मासु बढाउने लोभमा पछिल्लो समय घाँस होइन दाना खुवाउन थालिएको छ । पोषणमा सन्तुलन नमिलाउँदा बाख्राको शारीरिक विकास राम्रो नभएको र उत्पादन लागत बढेको तालिममा सहभागि किसानले अनुभव सुनाए ।

घाँसमा आधारित बाख्रापालनबाट एउटा उन्नत जातको बोकाको औसत तौल एक वर्षमा ५० र पाठीको ३५ किलो हुन्छ । सुरुमा हावापानी अनुकुलको जातको पहिचान, बिउँमा जातीय शुद्धता, स्वस्थकर खोर, कोषे र अकोषे घाँसमा पानी र नुनको सन्तुलन मिलाउने, जैविक सुरक्षा र रेखदेख गरे बाख्रा स्वस्थसँग हुर्किन्छ । हरियो घाँसपात मकै भन्दा बढी पोषिलो र प्रोटिनयुक्त हुन्छ । उग्य्राउने जनावरले धेरै अन्न पचाउन नसक्ने भए पनि तौल बढाउने लोभमा जर्वजस्ती खुवाउँन नहुने पशु चिकित्सक ईश्वरचन्द्र चौधरी बताउँछन् ।

बाख्रा उग्य्राउने जनावर भएकाले घाँस खुवाएरै पाल्नु राम्रो मानिन्छ । उग्य्राउने जन्तुले घाँस खाएर जीवन निर्वाह गर्ने साथै वंशवृद्धि र पशुजन्य उत्पादन दिन्छन् । थप पोषणका लागि मकै, भटमास, लगायत दानाको सट्टा घाँसमा आधारित बाख्रा पालन गरे मूल्य कम र मुनाफा बढी हुन्छ । त्यसका लागि बाख्रापालक किसानले जग्गा लिजमा लिएर भए पनि घाँस खेती गर्नुपर्ने बताए ।