२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी 

शनिवार , पौष ४, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा। नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल निर्वाचित भएका छन्। रुपन्देहीको तिलोत्तमा स्थित भलवारीमा भएको ४७ औं राष्ट्रिय महाधिवेसनबाट चितवनको विसहजार जेसीजका खनाललाई वर्ष २०२१ को लागि राष्ट्रिय अध्यक्षमा बिजयी भएका हुन्। 

    उनले १ हजार ९० मत प्राप्त गरेका थिए।  खनालका प्रतिस्प्रधी दाङको त्रिभुवननगर जेसीजका लालमणी भण्डारीले ५ सय १२ मत प्राप्त गरे। सात अध्यक्ष मध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा उत्रिएका थिए ।

    त्यसै गरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सुमनकृष्ण श्रेष्ठ, अरुणकुमार दाहाल, भोजराज चापागाई र शिवकुमार भुसाल निर्वाचित भएका छन् । श्रेष्ठले १००३, दाहालले ९९९, चापागाईले ९४८ र भुषालले ६७८ मत प्राप्त गरेका थिए । 

    राष्ट्रिय उपाध्यक्षमा रजनी थापा, कल्पना पाण्डे कुसुम, सुनिल तिमिल्सीना, विमल ज्ञवाली, विमला सुवेदी, प्रमिला काफ्ले, सुजन बरुवाल, राजन गौतम, पायल शर्मा, दिपेन्द्र निरौला, अनोज जोशी र गौतम शाह निर्वाचित भएका छन्। 

    नवनिर्वाचित अध्यक्ष अरुणेश्वर खनालले जेसीजको महासचिवमा विकास मानन्धर, कोषाध्यक्षमा पविन्द्र शर्मा, कानुनी सल्लाहकारमा गोकुल सापकोटालाई मनोनयन गरेका छन्।  भलवारी जेसीजको आतिथ्यतामा गत बुधबारदेखी रुपन्देहीमा राष्ट्रिय महाधिवेसन सुरु भएको थियो।