images

शुक्रवार, चैत्र १६ गते २०८०

नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन

नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन

images
images
images
मंगलवार, मंसिर २० २०७९
मंगलवार, मंसिर २० २०७९
  • नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन

    काठमाडौं, २० मंसिर ।

    images
    images
    images

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ । धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij