images

शनिवार, बैशाख ८ गते २०८१

सिंचाई आधुनिक र कृषिमा बजेट बढाउन माग

सिंचाई आधुनिक र कृषिमा बजेट बढाउन माग

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • सिंचाई आधुनिक र कृषिमा बजेट बढाउन माग

    तिलोत्तमा, १९ मंसिर । 
    परम्परागत सिंचाईलाई आधुनिक र प्रविधियुक्त बनाउन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै कृषि क्षेत्रमा छुट्टाइने बजेट अत्यन्त न्यून भएकाले कृषिमा बजेट बढाउन पनि उनीहरुले माग गरेका छन् । 

    images
    images
    images

    तिलोत्तमा–१० शान्तिनगर स्थित जल उपभोक्ता समिति नलकुप नम्बर ९ को २६ औं साधारणसभाका अवसरमा कृषि क्षेत्रका विज्ञ डा. दामोदर भुसालले परम्परागत सिंचाईलाई आधुनिक र प्रविधिमैत्री बनाउन सके मात्रै किसानले लाभ लिन सक्ने बताए । परम्परागत कुलोबाट गरिने सिंचाई सबैखाले खेतीमा उपयुक्त नहुने र कतिपय खेतीलाई नोक्सान गर्ने भएकाले थोपा सिंचाई, बटर फ्लाई, स्प्रिङकल जस्ता नयां र प्रविधियुक्त आधुनिक सिंचाई सुविधा विस्तारमा सरकारले ध्यान दिनुपर्ने भुसालले सुझाए । आधुनिक सिंचाई सुविधा विस्तार गर्न सके बेमौसमी तरकारी, तोरी लगायतका खेती बढाउन सकिने उनको सुझाव छ । कृषि क्षेत्रमा नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा धेरै घरधुरी आश्रित भएकाले कृषि उत्पादन बढाउन, लागत घटाउन र किसानलाई प्रोत्साहनका लागि सरकारले कृषि क्षेत्रमा छुट्टाउँदै आएको वजेट बढाउनुपर्ने डा. भुसालले बताए । उनले भारतीय उत्पादनसंग मुल्यमा प्रतिष्पर्धा गर्न कठिन हुने भएकाले नेपालले अर्गानिक उत्पादनमा ध्यान दिनुपर्ने पनि सुझाए । 

    तिलोत्तमा–१० का वडाध्यक्ष गोपालप्रसाद घिमिरेले सिंचाई सुविधा नभएकै कारण किसानहरु खेती गर्न आकर्षित नभएकाले सिंचाई सुविधा विस्तारमा तिनै तहका सरकार गम्भिर बन्नुपर्ने सुझाए । 

    जल उपभोक्ता समितिका अध्यक्ष होमबहादुर बज्राचार्यले २६ वर्ष पुरानो सिंचाई प्रणालीका संरचनाहरु जीर्ण र पुरानो भइसकेकाले मर्मत सम्भारसँगै आधुनिक प्रविधियुक्त सिंचाई सुविधा विस्तारमा स्थानीय, प्रदेश र संघीय तिनै तहका सरकारको ध्यान जानुपर्ने बताए । सिंचाईको उचित प्रबन्ध हुन सके तिलोत्तमा १० लाई अर्गानिक जोन बनाउन किसानहरु तयार रहेको उनले बताए । 

    समितिका सचिव शिवप्रसाद ढकालले जल उपभोक्ता समिति नलकुप नं ९ अन्तर्गत ४ सय घर र २ सय बिघा खेत रहेको जानकारी गराए ।   

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij