images

शुक्रवार, बैशाख २१ गते २०८१

बैदेशिक रोजगारको अवस्था र चुनौती 

बैदेशिक रोजगारको अवस्था र चुनौती 

images
images
images
शुक्रवार, पौष ३ २०७७
शुक्रवार, पौष ३ २०७७
  • बैदेशिक रोजगारको अवस्था र चुनौती 

    विश्वव्यापी रुपमा मानव बेचबिखन तथा ओसारप्रसार ठुलो समस्याको रुपमा देखिएको छ। संसारको १ सय ६१ देशहरु यो समस्याबाट जकडिरहेका छन्। सन् २००७ को यु.एस. डिपार्टमेन्टको प्रतिवेदनलाई हेर्ने हो भने, संसारका २,७०,०००० मानिसहरु मानब ओसारपोसारको समस्याबाट ग्रसित छन्। बार्षिक रुपमा ८,००,००० मानिसहरुले अन्र्तराष्ट्रिय सिमापार गरिरहेकाछन्। यसमा महिलाहरुको संख्या अत्यधिक छ। वार्षिक ८० प्रतिशत महिलाहरु यौनदासतामा लागेकाछन्। त्यस्तै २० प्रतिशत वालवालिकहरुलाई वलपुर्वक यौन व्यापारमा लगाईएका छन्। विश्वमा करिब ३० प्रतिशत मानिसलाई आफनो इच्छाविपरित श्रममा लगाईएकाछन्। 

    images
    images
    images

    अहिले लागुपदार्थको ओसारप्रसार, हातहतियारको ओसारप्रसार मानब तस्करी व्यापारको रुपमा फस्टाउदै गईरहेको छ। यौनदासतावाट मात्र प्रतिवर्ष ३२ अरब डलर आर्जन भएको देखिन्छ। नेपालको अवस्था पनि उस्तै छ। प्रतिवर्ष झण्डै १२००० महिला र वालवालिकाहरु ओसार पोसार भएको अनुमान गरिएको छ। मानव बेचविखनको नौलो नौलो आयामहरु समाजमा बेलाबेलामा देखिने गरेकोछ। बालबालिकाहरुलाई सर्कसमा प्रयोग गरिएको, महिलाहरुलाई घरेलु कामदारको रुपमा प्रयोग गरिएको, बालबालिकाहरुलाई माग्ने प्रयोजनको लागि प्रयोग गरिएको कुराहरु समय समयमा बिभिन्न सञ्चार माध्ययमहरुमा आईरहेका छन् । 

    यद्दपि यी कुराहरु ओझेलमा परिरहेका छन्। प्रत्येक वर्ष यो समस्या समाधान तर्फ भन्दा पनि चुनौतीको रुपमा रहेको छ। एकातर्फ देशमा गरिखाने अवस्था नभएपछि बर्षेनी हजारौ युवायुवतिहरु रोजगारीका लागि बिदेशिनेक्रम दिनानुदिन बढिरहेको छ भने अर्कोतर्फ देखासिकि, लहलहैमा र रहरमा पनि बिदेशिनेको लर्को छ। विभिन्न माध्यमवाट विदेश जानेहुदा विदेशिनेहरुको वास्तविक तथ्यांक पनि छैन्। यसका कारण हजारौ युवायुवतिहरु विदेशमा बिभिन्न यातना खेप्न बाध्य छन्। बिगतमा, मानव बेचबिखनको नियन्त्रणको लागि दुई पक्षिय सहयोग र समन्वय विस्तारको लागि आयोजना गरिएको बैठकमा नेपाली चेलीहरुको साना साना बच्चाहरुलाई दुध चुसाउने धाई आमाको प्रयोजनको लागि आोसारपसार भएको कुरा जानकारीमा आएको थियो। भारतको विहारमा बिगत केहि वर्ष यता साना (भर्खरै)जन्मिएका वाल बालिकालाई दुध चुसाउने प्रयोजनको लागि सीमा क्षेत्रबाट भर्खर सुत्केरी भएका नेपाली महिलाहरुको ओसारपसार हुने कुरा भारतको सीमा सिमाक्षेत्रका सहभागीहरुले व्यतm गरेका थिए। भारतमा घरायसी कामको लागि नेपाली केटीहरुलाई नै बढि मन पराउने गरेका कुरा पनि त्यस छलफलमा उठेका थिए। 

    केहि समय पहिला, कान्तिपुर दैनिकमा प्रकाशित एउटा समाचारमा, नुवाकोट बालकुमारीका ८ का तामाङ थर भएका बाबुले आप्mनै १५ वर्षकि छोरीलाई बिव्रिm गरेका थिए। गाँउबाट शहर घुमाउने वहानामा तीनजना दलालमार्फत छोरीलाई १० हजारमा भारतमा लगि बेचेका थिए। नेपालमा चेलिवेटि बेचविखन हुने जिल्लाहरुमा नुवाकोट, मकवानपुर, सिन्धुपालचोक जिल्लाका नाम प्रायजसो छापाहरुमा पढन पाईन्छ तापनि यो अवस्थालाई रोक्न न सरकारी निकायले सकेको छ। न त गैरसरकारी संस्थाहरुले नै। चेलिबेटि बेचविखनमा आफनै बाबुको, आफन्तको, लोग्नेले स्वास्नी, मामाले भान्जी, काकाले भतीजी र स्थानीय चिनजानका व्यतिmहरुको संलग्नता रहेको प्रकाशमा आउने गरेका छन्।

    बिगतमा, सिन्धुपालचोक जिल्लाका एकजना अभियुक्तलाई चेलवेटी बेचबिखन गरेको र उनीहरुलाई देह व्यवापमा संलग्न गराएको अभियोगमा सिन्धुपालचोक जिल्ला अदालतले १७० वर्ष कैदको घोषणा गरेको समाचार प्रकाशमा आएको थियो। जिल्ला न्यायधिस अनन्त राज डुम्रेको एकल ईजलासले ३७ वर्षीय प्रेम तामाङ बिरुद्ध यस्ता ऐतिहासिक फैसला गरेको हो। यसरी १५ देखि १६ बर्षका ६ जना बालिकालाई भारतमा बिक्री गरेको अभियोगमा अभियुक्तलाई सजाय गरिएको थियो। 

    गरिबि, समाजिक तथा आर्थिकका कारण हरेकदिन युवाहरु विदेसिने क्रमका कारण युवाहरु मानव तस्करीमा पर्नसक्ने सम्भावना पनि चुनौतीको रुपमा थपिएकोछ। भारतसंगको खुला सिमानाले गर्दा पनि योे समस्यामा अझ विकराल वन्न पुगेकोेछ। यसको रोकथामाका लागि समाजका सबै बर्गहरु एकिकृत हुन अति आवश्यक छ। एकातर्फ राज्यले ईगिंत गरेका कानुनी व्यवस्थालाई व्यवहारमा लागु गर्न निरन्तर जोड दिनुपर्छ भने अर्को तर्फ समाजमा देखिएका असमानता, बेरोजगारी, उत्पीडनका बिरुद्दमा एक हुनपनि त्यतिकै आवश्यक छ। 

    मानव बेचबिखनको बिरुद्द सरकारले कामै नगरेको भने पक्कै होईन मानव बेचविखन बिरुद्द सरकारले विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी निकायहरु अन्तराष्ट्रय श्रम संगठन, स्ट्रोम फाउण्डेसन नेपाल, एविसि नेपाल, ओरेक नेपाल, पौरखी नेपाल जस्ता अनेकन संस्थाहरुसंगको समन्वय र सहकार्यमा अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानिय स्तरमा सामाजिक तथा आर्थिक शसतिmकरणका कार्यक्रमहरु गरिरहेकोछ। मानव वेचविखनको रोकथामका लागि नितिहरु पनि ल्याएकोछ। यति हुदापनि यो समस्या दिनानुदिन बढदै जानु भनेको यो चिन्ताको विषय बनेको छ। यसको मुलभुत कारण भनेको राज्यमा रोजगारीको अभाव नै हो। यसका लागि राज्यको ठोस र एकिकृत योजनाको खाचो टडकारो रुपमा देखिएकोछ भने स्वदेशी रोजगारीको व्यवस्था र बैदेशिक रोजगारीको न्युनिकरणका लागि सामाजिक अगुवाहरु, राजनैतिककर्मि तथा सबै सरोकारवालाहरुको एक्यवद्दता अहिलेको आवश्यक हो। 

    बैदेशिक रोजगारीको विकल्प स्वदेशी रोजगारको सृजना र स्वदेशी रोजगारी प्रति युवाहरुको आकर्षितातर्फ ध्यान दिनु नै हो। कामलाई ईज्जतको रुपमा हेर्ने दृष्टिकोण बनाउनु पर्ने, बैदेशिक रोजगारमा जादा त्यसवाट राज्यमा दुरगामि रुपमा पर्ने असरबारे पाठ्यक्रममा नै समावेश गर्नुपर्ने, बनेका नीति नियमहरुलाई व्यवहारमा पुर्ण रुपमा लागुपर्ने बैदेशिक रोजगारमा गएकाहरुको तथ्यांकहरुको एकिकृत प्रणाली लागुगरी यसको अनुगमनमा जोड दिनुपनि उत्तिकै आवश्यक छ। स्वदेशका मात्र होईन विदेशका सुरक्षा निकायहरुसंग समन्वय गरी सरकारले बैदेशिक रोजगारमा गएर दुख पाएकाहरुको उद्दारका लागि बिषेष सरक्षा नीति निर्माण गरी कार्यान्वयनमा जोड दिनुपर्नेछ। यसका लागि नेपाल सरकार अति सम्वेदनशिल हुन आवश्यक छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij