२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

चलचित्र घरहरु सञ्चालन हुनुपर्ने माग गर्दै चलचित्र संघ आन्दोलित

मंगलवार , मंसिर ३०, २०७७

भैरहवा, ३० मंसिर ।
नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिले चलचित्र घरहरु सञ्चालन हुनुपर्ने माग गरेको छ । सरकारले चलचित्र घर सञ्चालन गर्नतर्फ कुनै ध्यान नदिएकोले बाध्य भएर २०७७ पुस १० गतेदेखि चलचित्र घरहरु सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।

नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डको सुरक्षा मापदण्ड समेत अपनाएर चलचित्र घरहरु सञ्चालन गरिने नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष ओम जैसीले बताए । सरकार समक्ष विभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय समेत भएको जैसीले जानकारी दिए ।

IMG-20201214-WA0002.jpgचलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा गर्नुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज गर्नुपर्ने, बाँकी वक्यौतामा कर तथा शुल्कहरु २०७८ असार मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने र चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार छुट हुनुपर्ने संघको माग छ ।