images

बिहिवार, बैशाख ६ गते २०८१

रुपन्देही-२ : कृषि क्षेत्रको विकासमा यस्ता छन् एमालेका योजना

रुपन्देही-२ : कृषि क्षेत्रको विकासमा यस्ता छन् एमालेका योजना

कृषि पर्यटन, बहुउद्देश्यीय बजार स्थापनादेखि प्राङ्गारिक खेतीमा जोड

images
images
images
मंगलवार, कार्तिक २९ २०७९
मंगलवार, कार्तिक २९ २०७९
  • रुपन्देही-२ : कृषि क्षेत्रको विकासमा यस्ता छन् एमालेका योजना

    बुटवल, २९ कात्तिक ।
    नेकपा एमालेका उम्मेदवारहरुले बुटवलसहितका सैनामैना, देवदह, तिलोत्तमा र सिद्धार्थनगर समेटेर ग्रामीण क्षेत्रमा कृषि पर्यटन, प्राङ्गारिक कृषि खेतीमा जोड दिनेगरी योजना अगाडि बढाएका छन् । 

    images
    images
    images

    रुपन्देही निर्वाचन क्षेत्रनम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णुप्रसाद पौडेल, प्रदेश सभा सदस्य २ (१) लिला  गिरी र २ (२) भोजप्रसाद श्रेष्ठले आर्थिक एवं  शहरी केन्द्रको रुपमा विकास भएका यी क्षेत्रमा सहर र ग्रामीण क्षेत्रको अन्तरसम्बन्धलाई विकास गर्नका लागि ग्रामीण क्षेत्रमा गुणस्तरीय एवम् प्राङ्गारिक कृषि उपज शहरी केन्द्रलाई उपलब्ध गराउने योजना ल्याएका हुन् ।

    सार्वजनिक प्रतिवद्धतामा गाउँ र सहरका बीचमा कृषिले पुलको काम गर्ने गरी परिकल्पना गरिएको छ । यसको अलवा कृषियोग्य भूमिलाई १२ महिना सिंचाई सुविधा उपलब्ध गराउने, सञ्चालनमा रहेका १६–३६ मौजा, चारतपाह लगायतका सिंचाई  प्रणालीलाई  नियमित मर्मत सम्हार र सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
    यसैगरी बुटवलस्थित हाटबजारलाई स्थानीय तह र व्यवसायीहरूसँगको सहकार्यमा बहुउद्देश्यीय बजार केन्द्रमा विकास गरिने, पुरानो बसपार्कस्थित कृषि थोक बजार केन्द्रलाई व्यवस्थित गरिने र यस क्षेत्र अन्तर्गतका सबै हाटबजारहरूलाई समेटेर एकीकृत बजार केन्द्रमा विकास गरिने योजना बनाइएको छ ।

    कृषि उत्पादन, भण्डारण, बजारीकरणको प्रभावकारिता र कृषकहरूको आम्दानीमा उल्लेख्य वृद्धि गर्न बुटवल र सैनामैनाको सीमा क्षेत्र कर्साघाटमा प्रस्तावित राष्ट्रियस्तरको कृषि उपज केन्द्रको निर्माण कार्यसम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ । यस्तै दुध, माछा, मासु, अण्डा, फलफूल, तरकारी, खाद्यान्न, दलहन, तेलहनलगायतका कृषि तथा पशुपंक्षीजन्य उत्पादनका लागि कृषि बिमाको व्यवस्था मिलाइने छ । 

    प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने छ । कृषकलाई विषेशषज्ञ सेवाका साथै समयमै रसायनिक मल, बिउ–बिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलब्ध गराइने छ । यसैगरी उर्वर भूमिको उपयोग गर्दै कृषि तथा पर्यापर्यटको विकास गर्ने योजना घोषणापत्रमा उल्लेख छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij