images

बिहिवार, बैशाख १३ गते २०८१

कृषि विकासका लागि एमाले उम्मेदवारका १८ प्रतिबद्धता

कृषि विकासका लागि एमाले उम्मेदवारका १८ प्रतिबद्धता

images
images
images
आइतवार, कार्तिक २७ २०७९
आइतवार, कार्तिक २७ २०७९
  • कृषि विकासका लागि एमाले उम्मेदवारका १८ प्रतिबद्धता

    बुटवल, २७ कात्तिक ।

    images

    रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि १८ वटा प्रतिवद्धता अगाडि सारेका छन् ।

    तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गरेर चर्चामा आएका घिमिरेले रुपन्देहीको क्षेत्र नम्बर ५ को कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई समेटेर कृषि तथा पशुपालन क्षेत्रमा दशकै नमुना बनाउने योजना बनाएका हुन् । 

    घिमिरेले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा निर्वाचन क्षेत्रभित्र रहेका खेतीयोग्य जमिनलाई सिंचाईका लागि ईंगुरिया, बनरहवा, पहिला खोला, तेलहरा, कोठी र कञ्चन, दानव नदी र विभिन्न तालबाट लिफ्टको व्यवस्था मिलाएर सिंचाईंको व्यवस्थापन गर्ने योजना बनाएका छन् । 

    घिमिरेका अनुसार चालु अवस्थामा नभएका डीप ट्युबेललाई सञ्चालन गर्ने, व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहित गरिने छ भने कृषि बाली, पशु विमालाई अनिवार्य गर्ने गरी योजना अगाडि बढाएका हुन् ।

    आवश्यकता र जनताको माग अनुसारको कृषि पकेट निर्माण गर्ने, कृषिलाई व्यवस्थित गर्न, सहुलियत दिन विभिन्न क्षेत्रमा किसान कार्डको योजनासमेत उनले अगाडि बढाएका हुन् । निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्दै सामुहिक तथा सहकारी कृषि, पशुपालन कार्यमा लाग्ने कृषकहरुलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्थापन गर्ने समेत उनको योजना रहेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार घिमिरे भन्छन्, ‘पशुपालक कृषकको लगानी सुरक्षित गर्न पशु बिमा कार्यक्रम, आधारभूत निःशुल्क भेटेनरी सेवा उपलब्ध गराउनेसमेत हाम्रो योजना रहेको छ ।’

    उनका प्रतिवद्धतामा किसानको लागि समयमा नै मलको व्यवस्थापन गर्नको लागि  पूर्वतयारी गर्ने, कञ्चन बाँधलाई पुनःनिर्माणसहित पालिकाका किसानको हितमा हुने गरी व्यवस्थित गर्ने, रासायनिक मलको सट्टामा जैविक मल उत्पादन र प्रयोगमा जोड दिने कार्यक्रम छ ।

    यस्तै जग्गाको दीर्घकालीन विकासका लागि गुरुयोजना बनाएर लागू गर्ने, वन क्षेत्र, सहरी क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्रको विभाजन गरी सोहीअनुसारको विकास गर्ने योजना उनले अगाडि बढाएका छन् । यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नदी तथा खेलाहरुबाट हुने भूक्षय नियन्त्रणका लागि तटबन्धसहितको आवश्यक पूर्वाधार निर्माण, वन चुरे पहाड, तालतलैयालगायत प्राकृतिक सम्पदाको संरक्षणसहित विविध कार्यक्रम सञ्चालन गर्ने र कोठी खोला, कञ्चन खोला, दानव खोला लगायतका नदीमा जलाधार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना उनले बनाएका हुन् । 

    यो निर्वाचन क्षेत्र अन्तर्गत प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे, प्रदेशसभा निर्वाचन क्षेत्र ५(१)मा भुमिश्वर ढकाल, ५(२)मा रामचन्द्र यादव चुनावी मैदानमा रहेका छन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij