images

बिहिवार, चैत्र १५ गते २०८०

घोघो

घोघो

images
images
images
बिहिवार, कार्तिक २४ २०७९
बिहिवार, कार्तिक २४ २०७९
  • घोघो

    निर्वाचनको समय नजिकिदै गर्दा दलहरु आ आफ्नो डम्फु बजाउनका लागि परेको देख्दा म जस्तो नीरिह मनुवा चाँही छक्कै परेको छु । के रस छ व्यापारी , उद्योगपति धनाढ्य व्यक्तिलाई निवार्चनमा होमिन ? थोत्रो मोटर साइकल घ्यार्र घ्यार्र पार्दै गरीब मतदाताका घर घरमा गएर घुलो उडाउन, बुझ्नै गाह्रो भयो । शायद राजनीति गरेर शक्ति हत्याउन सके अझ् राम्रो व्यापार व्यवसाय चल्छ भनेर हो कि ? किन हो ? बुझ्नै सकिन ।

    images
    images
    images

    उहिले हामी भारतको कालिङ्गम्योङमा  हँुदा एउटा लुरे कुकुर घरमा आउँथ्यो माया लागेर एक दुई पल्ट खान दिएको घरै छोड्न मान्दैन जे गरे पनि घरै नछोड्ने मानौ योे घर त्यसकै हो । विस्तारै लुरे कुकुर मोटाउन थाल्यो , राम्रो देखियो । नेपालतिर घर मानेर यहाँ ठ्याक्कै त्यही कुरा लागु हुन्छ । छोडनै नचाहने भुक्न सम्म भुक्ने .... कति भुक्न सकेको कुन्नि ?

    भैरहवाको बैँक रोडतिर यसो घुम्न निसकिएको व्यापारमा पुरै शुन्यता छ , छिटपुट ग्राहकहरु एक दुई पसलमा भेटिन्छन् । निर्वाचनको माहोलमा रौनक कहीं कतै देखिदैन मानो मंसिर चारको निर्वाचन पछि मुलुक पुरै श्मशान होला जस्तो !! के के नभएको जस्तो के के नपुगेको जस्तो .... निरास स्वतन्त्र र अन्धकार भविष्यको मार्गचित्र ... ।

    जस्ले जति घोक्रो फुटाउन्जेल भाषण गरे पनि नेपालि जनताले केही पाउनेवाला छैनन् , थोत्रा आश्वासनका पोकाहरु बाहेक ... । बैँक रोडबाट आवारोड छिर्ने क्रममा एकजना प्रहरी भाइ सगँ भेट भयो उनी हस्याङ पस्याङ गदै छिटो छिटो हिडिरहेका थिए शायद म्यादी प्रहरी होलान् । उनको कपडा हेर्दा त्यस्तै लाग्दथ्यो म्यादी प्रहरी र म्यादे ज्वरो उस्तै उस्तै हो एक निश्चित समय सम्म आएर जान्छ तर हाम्रा दलका नेताहरु म्यादे ज्वरो भन्दा पनि खतरनाक छन् र क्रोनिक पनि ... एकपल्ट लागे पछि नेपालि जनतालाई सोत्तर नपारी छोडदैनन् ।

    आवारोडको मोडबाट उतर बुद्धचोक तर्फ लाग्दै गर्दा एकजना सज्जन सँग भेट भयो , वास्तवमा भन्ने हो भने उनी सज्जन थिए वा दुर्जन म भन्न सक्किन तर उनी ‘नेता’ थिएनन् यसैले सज्जन शब्द प्रयोग गरियो । उनी सगँ भलाकुसारी गर्न मन लाग्यो साधरण परिचयबाट हामी एक अर्का सगँ घोलमेल भयो उनी पनि बुद्धचोक सरलस्टेश्नर्सका भाइ बिष्णु मरासिनी भेटन् हिडेका रहेछन गन्तब्य मिल्यो र सगैँ हिडदा हिडदै मलाई एउटा प्रश्न गर्न मन लाग्यो र सोधे , तपाईले सबै राजनैतिक दलहरुका निवार्चन लक्षित घोषणा पत्र हेर्नुभएको छ ?
    मेरो प्रश्नले उनी तर्सिए, गंभिर बने र भने, ‘पढेको छु ।’

    मलाई खुशी लाग्यो कम से कम घोषणा पत्र पढेको मान्छेसँग भेट भयो, राम्रै भयो । मैले प्रश्न सोझाएँ, “दलहरुको घोषणा पत्र कस्तो लाग्यो?” उनले  छोटो उत्तर दिए ‘घोघो’ । “सबै भन्दा राम्रो घोेषणा पत्र कुन पार्टीको रहेछ ?”

    ‘घोघो’ उनको उही संक्षिप्त उत्तर । मैले केही कुरा बुझिन भन्न पनि भएन । यसको अर्थ र व्याख्या चाँही सोध्न मन लाग्यो।

    मैले उनलाई अत्यन्तत नम्र भएर भने ‘घोघो’ भन्ने शब्द मैले सुनेको थिइन खाली ‘घोगो’ शब्ख मात्र थाहा थियो – मकैको ‘घोगो’ हुन्छ भन्ने चाँही देखेको हो ।

    मैले फेरि प्रश्न गरें ‘कसरी ?’ । उनले भने, “हेर्नुहोस् धेरै टाढा जानु पर्दैन २०६२/६३ पछिको निर्वाचनमा प्रायः सबै दलहरुको संकल्प पत्र, घोषणापत्र, प्रतिबद्धता पत्र, आदि जे भने पनि नेपाली जनतालाई न चाट्न मिल्छ, न पेट भर्छ, न केही काम लागेको छ – ल्याएर मुखमा कोच्याइदिएको छ ।

    अबको निर्वाचन पछि हामी अझ अन्धकार तिर धकेलिन्छौ किनकि मुख्य दलका घोषणा पत्रहरु ‘घोघो’ छन् । यस अघिका घोषणा पत्रहरु किन बेवारिसे भए ? निर्वाचनका लागि मात्र हो यो दलीय घोषणा पत्र हेर्नुहोस् कुन क्षेत्र यस्तो छ जहाँ नेपाली जनताले गर्व गर्ने ठाउँ छ ? छ कतै ?

    मैले शान्त स्वरमा भने, “सकारात्मक सोचौं, केही राम्रो होला कि ?”

    उनले मेरोे कुरा मान्दै मानेनन् र भने, हेर्नुहोस् यो ‘घोघो’ भन्ने शब्दबाट छोटकरीमा ल्याइएको हो घो भनेको घोषणापत्र , घो –घोगो अर्थात मकैको घोगो । कसैसँग रिस उठ्यो भने ‘घोगो’ खा भनिन्छ – त्यस्तै गरेर वर्षौ देखि यिनीहरुले नेपाली जनतालाई ‘घोघो’ अर्थात घोषणापत्र रुपी घोगो खुवाउँदै आएका छन् – र भविष्यमा पनि खुवाउने छन् – भन्दै उनी सरल स्टेश्नर्स तिर मोडिए । म छक्क परें । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij