२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘मिर्मी जालैमा’ सार्वजनिक

सोमवार , श्रावण १२, २०७७


भैरहवा, १२ साउन ।


तीज नजिकिदै गर्दा चुमन काउछा मगर र मीना बेल्बासेद्धारा स्वरबद्ध गरिएको गीत ‘मिर्मी जालैमा’ सार्वजनिक भएको छ । चुमन काउछा मगरले लय सिर्जना तथा संगीत संयोजन गरेको गीतमा शब्द सिर्जना भने मोतिराज खनालले गरेका छन ।

वर्ष दिनमा आफ्नो मायालुसँग भेट हुँदाको खुशी गीतमा सुन्न र देख्न सकिन्छ । जहाँ गए पनि आफ्नै मायालुकै याद आउने प्रसँग पनि गीतमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा निर्मल क्षेत्री र अस्मिता रानालाई देख्न सकिन्छ । निर्मल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई राम सिंह भाटले छायांकन गरेका हुन । विक्रम मगर र दिलिप तमाङले सम्पादन गरेको गीत मन्जरी क्रियशनको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।