२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मलखाद नपाए किसानले सहकारीलाई, सहकारीले डिपोमा फोन गरौ !

आइतवार , मंसिर २८, २०७७

भैरहवा, २८ मंसिर । 
मलखादको अभाज हुन नदिने गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयारी गरेको बताएको छ । मन्त्रालयले यसअघि नै चालू वर्षमा ५ लाख टन मलखाद ल्याउने गरी कामको थालनी समेत गरेको छ । 

मन्त्रालयका सचिवालय सदस्य शालिकराम भण्डारीले बताए अनुसार गोदाम र डिपोहरुमा रासायनिक मल (युरिया, डिएपी र पोटास) उपलब्ध छ । नियमित, सहज र बढ्दो परिमाणमा मल आपूर्ति र ढुवानी पनि भइरहेको छ ।

भण्डारीले भने, ‘वितरक सहकारी र किसानहरुले तत्काल आवश्यक मल मात्र खरिद गर्दा हुन्छ, भण्डारण गरिराख्नु पर्दैन । गोदाम र डिपोमा भएका मल वितरणमा कारणवश १/२ दिन तलमाथि भइहाले पनि तुरुन्तै समाधान गर्न सकिनेछ ।’

कृषि मन्त्री घनश्याम भुसालको सचिवालयले स्थानीय तहलाई अनुरोध गर्दै वितरक सूचीकरण, सिफारिस र अनुगमनमा स्थानीय तहको सहयोग र सक्रियताको लागि अनुरोध गरेको छ । सचिवालयले भनेको छ, ‘स्थानीय तहले मल वितरणका लागि निश्चित कार्यक्षेत्र तोकेर सहकारी सूचीकृत गरी मल खरिद गर्न कम्पनीमा सिफारिस गर्नुपर्ने व्यवस्था नयाँ निर्देशिकाले गरेको छ । रितपूर्वक सिफारिस भएका सहकारीलाई मात्र मल उपलब्ध हुन सक्छ ।’ यति बेला डिएपी गहुँ छर्न आवश्यक हुन्छ । अब माग बढ्ने युरियाको हो । 

मन्त्रालयले सूचीकृत सहकारीले मल खरिद गर्दा कुनै समस्या भएमा, मल पाउन नसकेमा वा वितरण सम्बन्धी कुनै पनि समस्या देखिएमा सहकारी वा किसानले गोदाम वा डिपो प्रमुखसँग सम्पर्क गर्न सक्ने गरी कार्यलय प्रमुखको नाम र नम्बर समेत उपलब्ध गराएको छ । 

गोदाम वा डिपो प्रमुखबाट समस्या समाधान हुन नसकेमा वा नगरेमा सम्पर्कका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्र भण्डारी, ९८४१५७२०७९,  वितरण महाशाखा प्रमुख राजेन्द्र कार्की ९८४१४७०७६३ र साल्ट ट्रेडिङ कम्पनीका पंकज जोशी ९८५१११३३२१ को मोबाईल नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

त्यसै गरी मलखादमा सहजीकरणको लागि मन्त्रालयले सहजीकरण गर्नु परेमा अरुण जिसी, ९८४१४७६१९५ र शालिकराम भण्डारी, ९८५१११९९१४ गर्ने समेत बताएको छ ।

मन्त्रालयले कृषि सामाग्री र साल्ट ट्रेडिङलाई, यी दुई कम्पनीले डिपो हुँदै सहकारीलाई र सहकारीले किसानलाई मलखाद दिने गर्दछन् । गत वर्ष साढे ३ लाख मेट्रिक टन आएको छ । मलखादको ठेक्का कृषि सामाग्री र साल्ट ट्रेडिङले लगाउने गर्दछ । नेपालमा हाल ओमान, रसिया, चीन, इरान र भारतबाट आउने गरेको छ ।