आइतवार, चैत्र १२ गते २०७९

छठ पर्वको तयारी (फाेटाेफिचर)

छठ पर्वको तयारी (फाेटाेफिचर)

images
images

खबर पात्रो

११, कार्तिक २०७९
  • 1.1K
    SHARES
  • छठ पर्वको तयारी  (फाेटाेफिचर)

    भैरहवा, ११ कार्तिक । 

    हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापनसँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरमा स्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ । 

    images
    IMG20221026115957 (1).jpg

    कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवत रूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् । छठघाटको व्यवस्थापन र सजावटको काम तीब्र गतिमा भइरहेको छ । विगतका वर्षको भन्दा पनि यस वर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ । छठघाटको सरसफाइ, सजावट र व्यवस्थापनमा समिति लागेको छ । काम तीब्र गतिमा भइरहेको छ । न्युज कारखाना

    IMG20221026115719.jpg
    IMG20221026115758.jpg
    IMG20221026120005.jpg

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ११, २०७९ शुक्रवार - २०:५६:४७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend