images

बिहिवार, बैशाख ६ गते २०८१

लमजुङमा दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

लमजुङमा दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

images
images
images
बुधवार, आश्विन १९ २०७९
बुधवार, आश्विन १९ २०७९
  • लमजुङमा दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

    लमजुङ, १९ असोज ।

    images
    images
    images

    दसैं मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा ब्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ । 

    असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगावै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्‍याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरुले दसैं मान्न छोडेका छन् । 'यसपटकको दसैं पनि अलैंची बगान र भट्टीमा बित्ने भो ।' अलैंची किसान आइतराम तामाङ बताउछन् । अलैंची पाकिसकेकाले सवै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने उनको भनाइ छ । 

    छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । ‘यति ठूलो गाउँ भए पनि सवै बसाई सरेर १५ घरमा झरेको थियो’ अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’ 

    युवा कृषक बलराम लामाका अनुसार अलैंचीले गर्दा युवाहरु विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरु पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij