images

मंगलवार, बैशाख ११ गते २०८१

नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप : गृहमन्त्री खाँण

नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप : गृहमन्त्री खाँण

images
images
images
शनिवार, आश्विन ८ २०७९
शनिवार, आश्विन ८ २०७९
  • नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप : गृहमन्त्री खाँण

    भैरहवा, ८ असोज ।
    गृहमन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रियता बलियो पार्न नागरिकता विधेयक ल्याइएको दावी गरेका छन् । उनले नागरिकता विधेयकको बारेमा गलत विश्लेषण नगर्न आग्रह गरे । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व–२०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सम्पूर्ण नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताए । उनले नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउनु संविधानको बर्खिलाप हुने बताए । उनले संविधानअनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे । उनले भने, ‘लाखौं नेपाली युवायुवती नागरिकताबाट वञ्चित भएका छन्, नागरिकता प्राप्त आमाबुवाका सन्तान अनागरिक भएर बस्न बाध्य छन्, नागरिकता नभएको कारण असहजताको जीवन बाँच्नुपरेको छ ।’

    images

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले नागरिकताको समस्या मधेशको मात्र समस्या नभएको बताए । त्यस्तै संसारभर छरिएर रहेका गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको उनको भनाइ थियो । दुईपटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक संविधान प्रतिकुल नभएको उनले जिकिर गरे । 

    उनले भने, ‘नागरिकता विधेयकबारे राष्ट्रपतिबाट आएको सुझाव सल्लाहलाई सम्मान गरेका छौं, तर उहाँले उठाउनुभएको विषय सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि राष्ट्रिय सहमतिको आवश्यकता हुन्छ । ’ उनले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेससँगै गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । 

    IMG_2060.JPG

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताइन् ।

    कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य जन्नतुन निसा, कांग्रेस नेतृ रमा अर्याल, महासमिति सदस्य पुष्पा थरुनी, देवी प्रसाद चौधरी, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, क्षेत्र नम्बर २ का कार्यवाहक सभापति पर्शुराम ढकाल, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्र जंग थापा, कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का लगायतले बोल्दै कांग्रेसका लागि मंसिर ४ गते ठूलो चाडपर्व भएको बताए । उनीहरुले कांग्रेसको नेतृत्वमा मुलुकमा संविधान बनेको र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।

    कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij