images
images

शनिवार, जेठ ५ गते २०८१

ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

images
images
images
मंगलवार, भाद्र १४ २०७९
मंगलवार, भाद्र १४ २०७९
  • ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

    जुम्ला, १४ भदौ ।

    images
    images
    images

    नेपालकाे सर्वाधिक अग्लाे स्थानमा उत्पादन हुने जुम्लाकाे मार्सी धानबालि ब्लास्ट राेगले बर्बाद बन्ने अवस्थामा पुगेकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका-४ काे गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएकाे छ । राेग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जाेगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान राेपिएकाे हाे ।

    धानमा  ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खाेज्दै पुगेकाे स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन, 'पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।'  

    तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन । उनले भनिन्, 'हाम्रो  पहिचान बनेकाे मुख्य धानबाली नै हो  । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ ।'  

    यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेकाे र किसानलाई परामर्श दिएकाे बताए । न्युज कारखाना

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij