२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

नदीबाट गिट्टीबालुवा चोरिरहेको ९ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

मंगलवार , मंसिर १६, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • परासी, १६ मंसिर । नवलपरासी प्रहरीले नदिजन्य पदार्थ चोरी गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर पक्राउ गरेको छ। प्रहरीले जिल्लाको खजुरा खोला, जर्गहा र तुरिया खोलाबाट अबैध उत्खनन गरिरहेको ९ वटा ट्याक्टर ट्राली पक्राउ गरि आवस्यक कार्वाहीको सम्बन्धित निकायमा पठाएको छ।

    स्थानीय ब्यपरीहरुले नदिजन्य पदार्थ (मिस्कट,बालुवा) उत्खनन गरि बेच्न खोज्दा प्रहरीले विशेष सुराकीको आधारमा उक्त ९ वटा ट्याक्टर सहित १ लाख ८० हजार ६ सय २० रुपैया मुल्य बराबरको अबैध नदिजन्य पदार्थ बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार गएराती बर्दघाट नगरपालका वडा नं. ५ स्थित खजुरा खोलाबाट अवैध रुपमा उल्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा लु २ त ९८२० र लु ३ त ८६७२ नं. का २ वटा ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ कार्वाहीका लागि बदघाट पठाइएको छ।

    त्यस्तै अवैध रुपमा नदी उत्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा सुनवल नगरपालिका वडा नं. ११ जर्गाह खोलाबाट लु ३ त २९०२ नम्बरको एक ट्याक्टर र सुनवल नगरपालिका वडा नं. ४ तुरिया खोलाबाट लु ३ त ३२३६, लु २ त ८३०९, लु ३ त ६४९४, लु ४ त १९८६, लु ४ त ३६४ र लु ३ त १८८८ गरि ६ वटा ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवबाहीको लागि सुनवल नगरपालिका बुझाइएको प्रहरीले जानकारी दिएको छ। नदीबाट गिट्टीबालुवा चोरिरहेको ९ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

    नदीहरुमा अबैध दोहन बढेपछि प्रहरीले निगरानी बडाएको छ।