
मंगलवार , मंसिर १६, २०७७
अर्घाखाँची, १६ मंसिर ।
पछिल्लो समय नेपाली गीत संगितमा लाग्ने व्यक्तिहरुको कमी छैन् । कतिपय व्यक्तिहरू चर्चाको शिखरमा पुगेका छन् भने कतिपय सो क्षेत्र छोड्न बाध्य छन् । यस बीचमा अर्घाखाँचीका गायक तथा मोडल अभिनव चौहानको नामले चर्चा कमाएको छ । उनी गीत संगितमा लागेदेखि नै उनले लेखेका गीत मा शब्दहरू ले जो कोहीको मन पगाल्न सफल भएका छन् ।
यसै बीचमा फेरि उनले ‘मलाई छोडेसी’ नामक गीत बजारमा ल्याएका छन् । जसमा अभिनव चौहानको शब्द सिर्जना तथा कृष्ण लामिछानेको सुमधुर स्वरमा सजिएको एकल भाका ‘मलाई छोडेसी’ युटुबमार्फत सार्वजनिक गरिएको हो । अर्घाखाँचीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा अभिनव चौहान, निशा खड्का र सुरज ढकालले अभिनय गरेका छन् ।
अभिनवले यसअघि पनि थुप्रै गितमा अभिनय गरिसकेका छन् भने सुरज ढकालको यो पहिलो प्रस्तुती हो । अर्घाखाँचीकै मोडल तथा कलाकार निशा खड्का पनि यसअघि म्युजिक भिडियोमा देखिएकी अनुहार हुन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका घर भएका संचारकर्मी एवं कलाकार अभिनव चौहानले केही समयअघि दशै गीत पनि बजारमा ल्याएका थिए । उनलाई अर्घाखाँचीमा अझै पनि संचारकर्मीकै रूपबाट धेरैले चिन्ने गर्छन् । उनी रेडियोमा बोल्दा उनको बोलीको प्रशंसा सबैले गर्थे । उनको मिठो बोलीको कारणले पनि अभिनवको गीत भन्दा उनलाई प्रशंसा गर्ने को ओइरो लागेको छ । उनी धेरै दुःख कष्ट सहेर यहाँसम्म आएको बताउँछन् ।
गीत संगित लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । दोहोरी गितको स्तर धेरै माथि पुगे पनी लोकगीतलाई भुल्न नहुने उनको भनाइ छ । ‘लोकगित हाम्रो संस्कृति, पहिचान र परिवेशसंग जोडिएको छ, उनले भने,‘ दोहोरी गितको स्तर धेरै माथि गइसक्यो तर लोकगीतलाई हामीले भुल्नु हुँदैन ।’
मोडल तथा कलाकार निशा खड्काले अर्घाखाँचीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो स्तरीय बनेको बताइन् । मौलिकता र आफ्नोपन भिडियोमा देखापर्ने उनको भनाइ छ । दृष्य कैद र दृष्य सम्पादन सन्तोष चौहानले गरेका हुन् । कृष्ण लामिछानेको मधुर लय रहेको गित वियोगान्त प्रेमकथामा आधारित छ । मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीत नेपाली मनोरञ्जन मिडियामार्फत बजारमा सार्वजनिक गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij