images

मंगलवार, बैशाख ११ गते २०८१

फोटोग्राफी पेशामा मेरो अनुभव

फोटोग्राफी पेशामा मेरो अनुभव

images
images
images
शुक्रवार, भाद्र ३ २०७९
शुक्रवार, भाद्र ३ २०७९
  • फोटोग्राफी पेशामा मेरो अनुभव

    मेरो दाइले कतारबाट ल्यापटप र आइफोन–४ पठाइदिनु भएको थियो  ।त्यतिबेला म कक्षा ११ मा पढ्थे र कहिलेकाही कलेजमा मोबाइल लिएर जान्थे । मोबाइल लगेर मेरा साथीहरुको फोटो खिच्ने र उनीहरुलाई देखाउने गर्थे । साथीहरु खुसी भएर मेरो फोटोग्राफीको तारिफ गर्थे। एकदिन घरमा ल्यापटप चलाउने क्रममा एउटा एप्लीकेसन देखे, एप्लीकेसनको नाम थियो फोटोसप ।

    images

    त्यतिबेला घरमा नेपाल टेलिकमको एडीएसएल इन्टरनेट थियो र इन्टरनेटमा खोजे, फोटोसप के हो ? फोटोसपले कसरी काम गर्छ ? र मैले कलेजमा खिचेका साथीहरुको फोटो फोटोसपबाट एडिट गर्न थाले । कालो वर्णको मान्छेलाई गोरो, मोटो मान्छेलाई दुब्लो गर्ने मिलेको हेर्दा म त्यसैमा रमाउन थाले र मैले कलेजमा लगेर साथीहरुलाई देखाए । साथीहरु अचम्मित भए त्यो फोटो देखेर ।

    एकदिन कक्षा ११ को अंग्रेजी विषयको नोटको फोटोकपी गर्न एउटा स्टूडियो गयौं । र, मजाक–मजाकमा साथीले भने, ‘दाई मेरो साथीलाई पनि काममा राख्नु उसलाई नी फोटो एडिट गर्न आउँछ भनेपछि फोटो स्टूडियोको दाईले प्रश्न गर्नुभयो, ‘काम गर्ने हो ?

    मलाई त्यो बेला निर्णय लिन गाह्रो भयो । म घर गएर सोचे र केही दिनपछि फेरी त्यो फोटो स्टूडियोको दाइले अर्को फोटो स्टूडियोको फोन नम्बर दिएर यो नम्बरमा फोन गर्नुस् र उहाँलाई भेट्नुस भन्नुभयो । मैले गएर अर्को फोटो स्टूडियोको दाइलाई भेटे र उहाँले मलाई काम दिनुभयो । बिहान ६ बजेदेखि १० बजेसम्म म कलेजमा पढ्थे । म कलेजबाट घर गएर खाना खाएर ११ बजे काममा पुग्थे ।

    मैले काम गर्ने फोटो स्टूडियोमा फोटोसपबाटै फोटोहरु एडिट गर्नेभएको हुँदा मलाई सजिलो भयो । दिनदिनै केही न केही थप नयाँ कुरा सिक्दै म काममा रमाउन थाले । त्यहाँ काम गरेर बचत गरेको पैसाले नयाँ क्यामेरा किने । मैले काम गर्ने फोटो स्टूडियोमा मेरो काम भनेको दिनभरी स्टूडियोमा बसेर पासपोर्ट साइज फोटो बनाउने काम हुन्थ्यो र बाहिर कार्यक्रमहरुमा जाने वातावरण मिल्दैनथ्यो । मैले लाखौं रुपैयाँ लगानी गरेर किनेको क्यामेरा घरमै थन्कियो ।मैले सोचे अब आफै केही गर्नुपर्छ ।

    त्यसपछि मैले त्यहाँबाट काम छोडेर आफ्नै स्टूडियो ञ्चालन गर्ने सोचे । २०७६ सालमा उद्योग व्यापार संगठन रुपन्देहीले पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव आयोजनागरेको थियो । त्यहीक्रममा मैले उद्योग व्यापार संगठनका तत्कालिन अध्यक्ष नारायण प्रसाद भण्डारी सरलाई भेटे र मैले उहाँलाई महोत्सवमा आधिकारिक फोटोग्राफरको रुपमा काम गर्न पाउँ भनी आग्रह गरे । उहाँले स्वीकार गरी मलाई महोत्सवमा फोटोग्राफी गर्ने अवसर दिनुभयो र महोत्सवमा आउनुभएका सम्पूर्ण कलाकारले मैले खिचेको फोटो मन पराउनु भयो । म उद्योग व्यापार संगठनमा आधिकारिक फोटोग्राफरको रुपमा काम गर्न थाले ।

    महोत्सवकै क्रममा गायिका कल्पना कुसुम दिदीसँग मेरो भेट भयो । उहाँले बुटवल लेडी जेसीजको अध्यक्ष (२०२०) कार्यकाल १ वर्षभरीको फोटो तपाईले खिच्नुपर्छ भन्दै जिम्मेवारी दिनुभयो । कामगर्ने क्रममा म सामाजिक संस्था रोट्रयाक्ट क्लबमा आबद्ध भए। भैरहवा क्षेत्रमा भएका विभिन्न रोट्रयाक्ट क्लबहरुमा फोटोग्राफी गर्न थाले र त्यसैगरी म विभिन्न संघ–संस्थामा आधिकारिक फोटोग्राफरको रुपमा नियुक्त भए ।

    विवाह समारोहमा फोटोग्राफी गर्ने क्रममा गुल्मी, बाग्लुङ, नेपालगंज, सुर्खेत, पोखरा, काठमाडौँ मात्र नभइ भारतको लखनउसम्म नयाँठाउँ, नयाँ परिवेश अवलोकन गर्न पाउँदा आफूलाई निकै भाग्यशाली ठानेको छु । हामीफोटोग्राफरले भन्ने गर्छौ कृपया मुस्कुराउनुहोस् र बाँकी सबै तपाईंको सम्झनाहरू हुन् । १८३ औं विश्व फोटोग्राफी दिवस मनाउन पाउँदा आफूलाई एकदम भाग्यमानी ठानेको छु ।

    दुर्गा प्रसाद अधिकारी

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij