२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

नवलपरासीमा बोलेरोको ठक्करबाट स्कुटी चालक गम्भिर घाइते 

सोमवार , मंसिर १५, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • नवलपरासी, १५ मंसिर ।
    पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा सोमबार सांझ पूर्वबाट पश्चिम दिशातर्फ गइरहेको लु ३ च ३४६ नम्बरको बोलेरो गाडीले पश्चिम दिशाबाट पूर्व दिशातर्फ गइरहेको लु ३८ प ५८४६ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक नवलपरासी बर्दघाट नगरपालिका ४ दिव्यनगरका २१ वर्षीय बाबुराम न्यौपाने गम्भिर घाइते भएका छन् । 

    टाउकोमा गम्भिर चोट लागेका घाइते युवकको बुटवल चौराहा अस्पतालमा उपचारको लागि पु¥याइएको न्यौपानेका बुवा दयाराम न्यौपानेले जानकारी दिए । नवलपरासीको त्रिवेणीबाट २ वटा भैंसि बोकेर सुनवलतर्फ जाँदै गरेको बोलेरो गाडीले सुरुमा पश्चिम दिशाबाट पुर्व दिशातर्फ जादै गरेको लु १ ज ४२२३ नम्बरको फोर्स गाडीलाई ठक्कर दिएका कारण बोलेरो गाडीको गति अनियन्त्रित भई अगाडि गुडिरहेको स्कुटीलाई ठक्कर दिन पुगेको थियो । 

    ठक्करबाट बोलेरो गाडीका चालक तथा सवारीधनी शिव प्रसाद पाण्डे र फोर्स गाडीका चालक रामप्रसाद भट्टराईलाई भने कुनै चोटपटक लागेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बोलेरो गाडी र फोर्स गाडीका चालक दुवैलाई नियन्त्रणमा लिई दुर्घटनाकोबार थप अनुसन्धान भइरहेको छ ।