२०८२, कार्तिक १८ गते

Nov 04 2025 | २०८२, कार्तिक १८ गते

जनमोर्चाद्वारा संघीयता खारेजी लगायतका माग राख्दै सन्धिखर्कमा प्रर्दशन

सोमवार , मंसिर १५, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • अर्घाखाँची। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा  विरोध सभाको गरेको छ ।

    ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालिओस लगायतका नाराका साथ विरोध सभा गरिएको कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रिय जनर्मार्चाका अध्यक्ष थम्मन केसीले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, कालो बजारी नियन्त्रण नगरेको र किसान, विद्यार्थी का सामन्य समस्या पनि सरकारले समधान गर्न नसकेको भन्दै अब हाम्रो पार्टी कडा भन्दा कडा आन्दोलमा जान लागेको बताए।   

    photo.png

    फरक प्रसंगमा महिला, बालबालिकामाथि जघन्य अपराधका घटना दिन प्रतिदिन बढ्दै गएको सोही घटना क्रम लाई पनि समधानको लागि सामन्य पहलकदमी नगरेको साथै भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको भन्दै सरकारको विरोधमा लागेको समेत बताए।