२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कृषि क्षेत्र प्राथमिकतामा : मुख्यमन्त्री केसी 

आइतवार , श्रावण ८, २०७९

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले कृषि क्षेत्रको बिकासका लागि प्राथमितामा राखेको बताएका छन्।

लुम्बिनी प्रदेश कृषि र पर्यटनको उर्भर भुमी भएकाले कृषि र पर्यटन क्षेत्रको बिकासका लागि नीति कार्यक्रम र बजेटको व्यवस्थापन गरिएको बताएका छन् ।

सियारी गाउँपालिका २ मा निर्माण गरिएको सियारी च्याङठा पशु हाट बजार तथा बजार संचालन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सियारीलाई पर्यावरणिय र पर्यटकिय स्थलको रुपमा बिकास गर्न आग्रह गरे ।

‘‘अब गाउँहरुमा कंक्रिट शहरको परिकल्पना धेरै गर्नु हुदैन, कंक्रिट शहरबाट थकाई मार्न तथा मनलाई शान्त बनाउन पर्यावरणिय, हरियाली र अर्गानिक गाउँमा आउने पर्यटकको सख्या बढ्दै छ, ती पर्यटकहरुलाई ध्यानमा राखेर कार्यक्रम बनाउनु पर्दछ, मुख्यमन्त्री केसीले भने ।

 

मुख्यमन्त्री केसीले किसानलाई सहयोग पुग्ने गरी जैविक मलखादको स्थापना गर्ने तयारी गरिएको बताउदै उत्पादन बढाउने योजनामा सरकार रहेको बताए ।

प्रदेश सरकारले किसानले उत्पादन गरेको कृषि बस्तुलाई बजारसम्म लैजान सहजिकरण गर्ने तथा सियारीमा सञ्चालनमा आएको पशु हाटबजारलाई व्यवस्थीत रुपमा सञ्चालन गर्न आग्रह गरे । 
उनले बजारमा आउने पशुलाई क्वारेन्टाईन गरी स्वास्थ्य परिक्षण गरेर पशु खरिद तथा बिक्रि गरी किसानलाई आत्मनिर्भर बनाउने गरी सञ्चालन गर्न आग्रहगरे ।

लुम्बिनी प्रदेशका शिक्षा मन्त्री वसिउद्धिन खाँले किसानका बिषयमा अनाबश्यक राजनीति नर्गन आग्रह गरे ।

कृषि मन्त्री सुमन शर्मा रायमाझीले रासायनिक मलखाद बनाउने बिषयमा  प्रदेश सरकारको परिधिभित्र पर्न नसक्ने भएकाले यस बिषयमा बिपक्षी दलले किसानलाई उचालेर केहि फाईदा नहुने बतइन् । 
कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीका किसानलाई लाभ पुग्ने गरी कार्यक्रमहरु ल्याएको बताएका छन् । उनले सियारी गाउँपालिका माछा तथा धान लगाएतका कृषिमा अग्र भागमा रहेको उल्लेख गर्दै किसानको सुबिधाका लागि प्रदेश सरकारले आबश्यक सहयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सभा सांसद तुल्सी चौधरी, पुष्पा थरुनी लगाएतले बोल्दै पशु हाट बजारलाई व्यवस्थीत गरेर सञ्चालन गर्नु पर्नेमा जोड दिए । कार्यक्रम पालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागत तथा लेखा अधिकृत नारायण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।