
बुधवार , श्रावण ४, २०७९
रुपन्देही । रुपन्देहीको कोटहिमाईमा बिउ भण्डारण केन्द्रको निर्माण गरिएको छ। खाद्यन्नको पकेट क्षेत्रमा रुपमा रहेको मर्चवारमा गुणस्तरीय विउ उत्पादन गर्ने उदेश्यले बिउ भण्डारण केन्द्रको निर्माण गरिएको छ।
रुपन्देहीको मर्चवार क्षेत्रका किसानहरुलाई गुणस्तरीय बिउ शुलभ मुल्यमा प्रदान गर्ने उदेश्यले बिउ भण्डारण केन्द्रको निर्माण गरिएको छ।
स्थानिय नवदुर्गा स्वाबलम्बन बहुउद्धेश्यिय सहकारी सस्थाको अगुवाईमा कोटहिमाई गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन एकाई रुपन्देहीको आर्थिक सहयोगमा भण्डार केन्द्र निर्माण गरिएको हो।
बिउ भण्डार केन्द्रको निर्माण पछि किसानहरु बिउ लिनका लागि सिमावर्ती भारत जाने बाध्यता हटेर जाने सहकारीका अध्यक्ष दुर्गा कुर्मीले जानकारी दिए।
भण्डार केन्द्रको अभावमा मर्चवारका किसानहरु यस अघि सम्म सिमावर्ती भारतिय बजार जानु पर्ने बाध्यता थियो। भारतबाट बिउ ल्याउदा कति पय किसानले प्रहरीको लाठि खानु पर्ने अबस्था थियो भने जेनतेन बिउ ल्याई हालेपनि गुणस्तरीय बिउ नहुदा उत्पादनमा समेत ह«ास आएको उनको भनाई छ।
भण्डारण निर्माणका लागि नवदुर्गा स्वाबलम्बन बहुउद्धेश्यिय सहकारी सस्थाले १२ लाख ८ हजार, कोटहिमाई गाउँपालिकाको ५ लाख र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन एकाई रुपन्देहीको २५ लाख रुपैया आर्थिक सहयोग रहेको परियोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए।
बिउ भण्डारणको निर्माण पछि किसानहरुलाई निकै सहज भएको काफ्लेको भनाई छ।
सहकारीले ८७ क्वीन्टल गहुको बिउ भण्डारण गरेर किसानहरुलाई बिज बृद्धिका लागि दिएका छन भने धानको बिउ पनि बृद्धिको काम शुरु भएको सहकारीले जनाएको छ। ९६ मेट्रिक टन बिउ भण्डार गर्ने क्षमता रहेको उक्त केन्द्र पुर्ण रुपमा सञ्चालनमा आएपछि मर्चवारवासी किसानलाई राहत पुग्ने देखिन्छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij