२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

शुक्रवार , आषाढ २४, २०७९

काठमाडौं, २४ असार ।

कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।
कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । 

साउन १२ भित्र आवेदन दिनुपर्नेछ । न्युज कारखाना

bank.PNG