२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

महँगी नियन्त्रण र मलको माग गर्दै लोसपाले ज्ञापनपत्र बुझाउने

आइतवार , आषाढ १९, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौं, १९ असार ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन तथा महँगी नियन्त्रण गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाउने भएको छ ।

    काठमाडौं, बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ असारमा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउन लागेको हो ।

    गत २४ गते प्रधानमन्त्री समक्ष हामीले ज्ञापन पत्र प्रस्तुत गरेको तर हालसम्म त्यसमा कुनै कार्यवाही नभएको भन्दै पुनः ज्ञापन पत्र बुझाउन लागेको लोसपाले जनाएको छ । ‘सरकारलाई ध्यानाकर्षण गराउन पार्टीले असार २७ गते जिल्ला जिल्लामा प्रजिअमार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको’ निर्णयमा भनिएको छ । 

    यसैगरी बैठकले बाढी पहिरोको समुचित व्यवस्थापन साथै महँगी नियन्त्रणका लागि आवश्यक कदम चाल्न र किसानलाई मलखाद उपलब्ध गराउन पनि माग गरेको छ । न्युज कारखाना