
बुधवार , आषाढ १५, २०७९
बुटवल । बुटवल उपमहानगरपालिकाले धानदिवसको अवसरमाकिसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धानवर्ष घोषणा गरेपछि नेपालमावि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन सुरु गरिएको हो ।
रोपाइँ कार्यक्रम अघि आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमाविकास गर्ने बताए ।
उनले सो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल सहितका कृषि जन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड स्थानीयलाई आग्रह गरे ।
‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँका बासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन शुरु नगर्ने हो भने हामीआत्मनिर्भर बन्न सक्दैनौं, उनले भने–यहाँ उत्पादन भएको तरकारी, फलफुल यहीँ खपतगर्ने र विदेश निर्यात गर्ने गरी तपाइँहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो दिन्छ ।’
रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नं. १९ काअध्यक्ष चन्द्रसिंह थापा सहितका वडाध्यक्ष, सदस्यहरु सहभागी थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij